२०७७ पुस  ७ गते मंगलबारको राशिफल

२०७७ पुस  ७ गते मंगलबारको राशिफल

  • पौष ७, २०७७ मंगलवार
  • ०६:५२:५७ बजे
  • 3.5K
    SHARES
  • २०७७ पुस  ७ गते मंगलबारको राशिफल

    मेष अस्वभाविक खर्च बढ् हुँदा मन चिन्तित रहनेछ । शारीरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । मान सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेको छ सजक रहनुहोला । व्यापार व्यावसायमा नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्ला । वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यावसाय भने फस्टाएर जानेछ । विद्यामा सोचेजस्तो प्रगती गर्न निकै समय कुर्नुपर्नेछ । आफन्त तथा परिवारजन तपाईंदेखि टाढिन सक्छन् ।

    वृष व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पति परिचालन गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने बैकिङ क्षेत्रको लगानी फस्टाएर जानेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाइ तथा आफन्तबाट काममा सहयोग हुने हुनाले लगानी बढाउन सकिनेछ । सवारी साधन प्राप्तीको योगलाई नकार्न सकिँदैन ।

    मिथुन गीत सङ्गीतमा विशेष रुचि बढ्नेछ भने विद्यामा तपाईं अब्बल साबित हुनुहुनेछ । शत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानी हुनेछ ।

    कर्कट खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगती भएर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको गतिलो उपस्थिती रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाई आर्थिक अवस्था सुदृड बनाउन सकिनेछ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्रा तय गर्न सकिनेछ ।

    सिंह काम गर्दा ख्याल गर्नुहोला, सुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी  गरे पनि आम्दानी नहुने हुनाले दैनिक गुजारा ऋण लिएर चलाउनु पर्ने बाध्यता आउनेछ । प्रणय सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवन साथीको सहयोग नपाउँदा कामहरु थाती रहनेछन् । पढाइ लेखाइ अधुरै रहने तथा नतिजा अरुतिर जानेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला ।
     
    कन्या प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । विभिन्न भौतिक वस्तु तथा विलासी सामानको प्रयोगमार्फत् अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अग्र स्थानमा तपाईंको नाम आउनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने लामो दुरीको व्यावसायिक यात्रा हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा हात पार्न सकिनेछ ।

    तुला पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई हराउँदै नतिजा तपाईं आफ्नै पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने तपाईंको खोइरो खन्नेहरु आफै साईड लाग्नेछन् । विवादित विषयहरुको निर्णय तपाईंको आफ्नै पक्षमा आउने हुनाले खुसीले उचाई नाघ्नेछ । पुराना सापटी तथा लेनदेनका मुद्दाहरु सल्टाउन सकिने हुँदा मन प्रसन्न रहनेछ । माया गरेको मानिसबाट उपहार प्राप्तिको योग रहेको छ ।

    बृश्चिक वौद्धिकताको लडाईमा तपाईंकै नाम उच्च स्थानमा आउने हुनाले मन प्रशन्न हुनेछ । शेयर बजारमा गरिएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पत्तिती लाभ हुनेछ भने उपहार पाइने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ । मनग्गे धन आर्जन गर्न सकिने हुनाले इच्छित कामनाहरु पुरा हुनेछन् ।

    धनु  घरजग्गा तथा सवारी साधनको व्यापार व्यावसायबाट सन्तोषजनक नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडि परेको भान हुनेछ । छाती सम्बन्धि समस्याले नसताउला भन्न सकिन्नँ । आमा तथा आमासरहका मानिससँग विवाद हुनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेको छ । 

    मकर आत्मिय मित्र तथा दाजुभाइहरुको सहयोग पाइने हुँदा मन प्रशन्न हुनेछ । व्यापारमा लगानी गरी मनग्गे आयआर्जन गर्न सकिनेछ भने आम्दानीका नयाँ स्रोतहरु थपिनेछन् । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेको छ । पढाइ लेखाइमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुने योग रहेको छ । दैनिक जीवनलाई सहज हुने छोटो तथा रमाईलो यात्रा हुनेछ । 

    कुम्भ सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेको छ । पठन पाठनमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपार्यंको नाम अग्र स्थानमा आउनेछ ।  शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ भने नयाँ काम थालनी गर्दा भविष्यमा मनग्गे धन लाभ हुनेछ । प्रेममा रमाउन चाहनेहरुले भरपुर रमाईलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
     
    मीन राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउँदा मन प्रशन्न रहनेछ । आत्मविश्वासमा वृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोगमार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ ।

  • सम्बन्धित विषय:

  • # राशिफल

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार