२० जना पाहुना बोलाउने अनुमति भएको विवाहमा बोलाइयो १० हजार : दुलहाका पितालाई जरिवानासहित १ वर्ष जेल सजाय

२० जना पाहुना बोलाउने अनुमति भएको विवाहमा बोलाइयो १० हजार : दुलहाका पितालाई जरिवानासहित १ वर्ष जेल सजाय

  • पौष ७, २०७७ मंगलवार
  • ०७:२२:५० बजे
  • 4.0K
    SHARES
  • २० जना पाहुना बोलाउने अनुमति भएको विवाहमा बोलाइयो १० हजार :  दुलहाका पितालाई जरिवानासहित १ वर्ष जेल सजाय

    कोरोनाभाइरस महामारीले थुप्रै मानिसहरुको भव्य र तामझामसहितको विवाह गर्ने सपना तुहाएको छ । 

    सयौं पाहुनाको उपस्थित हुने विवाहमा महामारीले पाहुनाको संख्या निश्चित गरिदिएको छ । मानिसहरु नजिकका आफन्तसँग सानो समारोहमा विवाह सम्पन्न गरिरहेका छन् । 

    तर मलेसियामा एक जोडीले २० जना मात्रै पाहुना बोलाउने अनुमति दिइएका बेला आफ्नो विवाहमा १० हजारा पाहुना बोलाए ।

    तपाईंले सोचिरहनुभएको होला, उनीहरुले यति धेरै पाहुना बोलाएर कानून तोडिदिए तर यस्तो होइन । यो जोडीले विवाहमा हज्जारौं पाहुना त बोलाए तर सामाजिक दुरीको नियमलाई कडा रुपमा पालना पनि गरे । 

    विवाह टेंकु मोहम्मद हाफिज र ओसियाने अलाहियाबीच सम्पन्न भएको थियो । 

    कारका लाइन

    आइतबार बिहान यो विवाहित जाडी राजधानी क्वालालम्पुरको दक्षिणमा रहेको पुत्रजयामा एक भव्य सरकारी भवन बाहिर उभिए । 

    क्रमशः कारको लाइन लाग्यो र पाहुनाहरु आउन थाले । ती पाहुनाले विवाहित जोडीलाई शुभकामना दिँदै निस्कँदै गरे । 

    कुनै पनि पाहुनाले आफ्नो कार बाहिर कदम राखेनन् । जोडी उभिएको ठाउँ आइपुग्दा कार रोकिन्थ्यो र पाहुनाले बन्द गरिएको झ्याल भित्रैबाट शुभकामना दिँदै अघि बढे । 

    विवाहित जोडीले पनि टाढैबाट हात हल्लाएर पाहुनाको स्वागत गरे र उनीहरुलाई धन्यवाद दिए ।

    यसरी नै १० हजार पाहुनाले आ–आफ्नो कारमा भवनको अगाडि बसेका बेहुला बेहुलीको अगाडि रोक्दै, शुभकामना दिँदै, अघि बढ्दै गरे । सडकमा कारको लाइन निकै लामो लागेको थियो । 

    यो विशेष तरिका अपनाएर यो जोडीले सामाजिक दुरीको नियम पालना पनि गरे र विवाहमा पाहुनाको संख्यामाथि लागेको प्रतिबन्ध पनि तोडेनन् । 

    कसरी खुवाइयो खाना ?

    पाहुनालाई विवाहमा बोलाएपछि उनीहरुको खानपिनको बन्दोबस्त पनि गरिएको होला । यो विशेष विवाहमा १० हजार पाहुनालाई पनि खाना खुवाइयो र त्यसमा पनि नियमलाई पूरा ध्यानमा राखियो । 

    मलेसियाको मिडिया अनुसार जब पाहुनाको कार बेहुला बेहुलीलाई बधाई दिएर अघि बढ्यो तब सबैलाई पहिले नै तयार गरिएको खानाको प्याकेट दिइयो ।

    पाहुनाले झ्यालबाटै खानाको प्याकेट लिए र घरतिर लागे ।  १० हजार पाहुनालाई आफ्नो कारभित्रबाट नव विवाहित जोडीलाई बधाई दिन तीन घण्टाको समय लाग्यो । 

    को हुन् यी विवाहित जोडी ?

    जसरी विवाहको यो तरिका सामान्य थिएन त्यसरी नै यो विवाहित जोडी पनि सामान्य थिएनन् । 

    दुलहा टेंकु मोहम्मद हाफिजका पिता टेंकु अदनान मलेशियाका एक प्रभावशाली राजनेता हुन् र पूर्व क्याबिनेट मन्त्री हुन् । उनले आइतबार आफ्नो जन्मदिन पनि मनाए । 

    उनले फेसबुकमा विवाहको तस्बिर सेयर गर्दै लेखे, ‘यहाँ बिहानदेखि १० हजारभन्दा बढी कार पुगिसकेको भनेर मलाई जानकारी दिइयो ।

    म र मेरो परिवार निकै सम्मानित महसुस गरिरहेका छौं । हालको स्थितीलाई बुझेर कारबाट बाहिर ननिस्किकनै विवाहमा समावेश भए प्रक्रियाको पालना गररेकोमा म सबैलाई धन्यवाद दिन चाहन्छु ।’

    यद्यपि, विवाहको भोलिपल्टै दुलहाका पिता टेंकु अदनानलाई पाँच लाख डलरको भ्रष्टाचार गरेको आरोपमा दोषी पाइए र उनलाई जरिवानासहित १२ महिनाको जेलको सजाय सुनाइयो । 

    मलेसिया कोरोना महामारीको नयाँ लहरको सामना गरिरहेको छ । हालसम्म देशमा ९२ हजार संक्रमित भेटिइसकेका छन् र ४३० जनाले ज्यान गुमाइसकेका छन्  ।

  • सम्बन्धित विषय:

  • # विवाह
  • # अनुमति

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार