चितवनमा युवकको शव भेटिएको ठाउँमै गोलीको खोका भेटियो 

चितवनमा युवकको शव भेटिएको ठाउँमै गोलीको खोका भेटियो 

  • श्रावण ७, २०७८ बिहिवार
  • ११:४८:४४ बजे
  • 4.0K
    SHARES
  • चितवनमा युवकको शव भेटिएको ठाउँमै गोलीको खोका भेटियो 

    चितवन : चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित बनगाई डेरी चोक नजिकै शंकास्पद अवस्थामा एक युवकको शव फेला परेको छ ।

    डेरी चोकबाट दक्षिण तर्फ शारदानगर जाने बाटो तर्फको बीचमा रहेको घोलमा अन्दाजी ३० वर्षका युवकको शव फेला परेको हो ।

     


    सो ठाउँमा डुबेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान भएको छैन ।

     

    मृतकको टाउकोमा गोली लागेको जस्तो देखिएको र घटनास्थलमा एक थान गोलीको खोका समेत भेटिएको प्रहरीको भनाइ छ ।

    प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # चितवन
  • # शव
  • # गोलीको खोका

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार