आमा छोरा र छोरीको शव पोखरीमा भेटियो

आमा छोरा र छोरीको शव पोखरीमा भेटियो

  • श्रावण १३, २०७८ बुधवार
  • ११:२४:४८ बजे
  • 3.0K
    SHARES
  • आमा छोरा र छोरीको शव पोखरीमा भेटियो

    काठमाडौं : सर्लाहीको ब्रहृमपुरी गाउँपालिका–३ भेल्हीको एक पोखरीमा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ ।

    स्थानीय सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी, उनकी १८ महिनाकी छोरी रमा र नौ दिनका छोराको शव पोखरीमा फेला परेको एसपी सन्तोष सिंह राठोरले जानकारी दिए ।


    रिकेवादेवी गएराति नाबालक छोरा–छोरीसहित घरबाट निस्किएकी थिइन् । तीनैजनाको शव बुधबार बिहानपख सूर्यवंश चौधरीको निजी पोखरीमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव निकालेर पोष्टमार्टमका लागि मलंगवा पठाइएको र अनुसन्धान पनि जारी राखेको एसपी राठोरले बताए ।

    श्रीमती र बच्चा खोज्न भनेर घरबाट निस्किएका रिकेवादेवीका श्रीमान सञ्जीव पनि अहिलेसम्म सम्पर्कमा नआएको एसपी राठोरले बताए ।

  • सम्बन्धित विषय:

  • # आमा
  • # छोरा
  • # छोरी
  • # पोखरी
  • # शव

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार