विराट र अनुस्काको पहिलो सन्तान छोरी 

विराट र अनुस्काको पहिलो सन्तान छोरी 

  • पौष २८, २०७७ मंगलवार
  • २१:३३:०२ बजे
  • 4.2K
    SHARES
  • विराट र अनुस्काको पहिलो सन्तान छोरी 

    बलिउड नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीलाई पुत्री लाभ भएको छ । 

    विराटले सामाजिक संजालबाट आफूहरुलाई पुत्री लाभ भएको र अनुष्का र छोरीको स्वास्थ्य अवस्था राम्रो रहेको उल्लेख गरेका छन् ।

    विराटले सामाजिक संजालमा लेखेका छन्–‘हामी दुबै जना निकै खुशी छौ किनकी आज हामीलाई पुत्री लाभ भएको छ । 

    हामी सबैको माया र शुभकामनाका लागि धन्यवाद ज्ञापन गर्न चाहन्छौ । अनुष्का र हाम्री छोरी स्वस्थ छन् र हामी जिन्दगीको नयाँ अध्याय सुरु गर्न जाँदैछौ । यो समयमा हामीलाई थोरै मात्रामा भएपनि गोप्यता चाहिएको छ भन्ने कुरामा तपाइहरु सबै समझदार हुनुहुन्छ भन्ने लागेको छ ।’


    नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले सन् २०१७ मा बिहे गरेका थिए । अनुष्काले लकडाउनको समयमा आफू आमा बन्ने तयारीमा रहेको खुलाएकी थिइन् ।

    यसपछि अनुष्काका विभिन्न तस्वीरहरु पनि सार्वजनिक भएका थिए । क्रिकेटर विराट कोहलीले अनुष्कालाई

    समय दिने भन्दै क्रिकेट खेलबाट केही समयका लागि छुट्टी समेत लिएका छन् ।

  • सम्बन्धित विषय:

  • # विराट र अनुस्का
  • # छोरी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार