बाबु, आमा र ८ महिने छोरी झुण्डिएको अवस्थामा मृत फेला

बाबु, आमा र ८ महिने छोरी झुण्डिएको अवस्थामा मृत फेला

  • भाद्र ७, २०७८ सोमवार
  • १९:०९:३४ बजे
  • 3.2K
    SHARES
  • बाबु, आमा र ८ महिने छोरी झुण्डिएको अवस्थामा मृत फेला

    काठमाडौं : झापाको कन्काइ नगरपालिका–१ मा आठ महिने छोरीसहित एक दम्पत्ती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

    मृत्यु हुनेमा ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना छन् । उनीहरु आज बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए ।


    मृतकका आफन्तका अनुसार उनीहरु कोरोना संक्रमित थिए । ‘उनीहरु कोभिड पोजेटिभ थिए भनेर अरुले भनेका छन् तर कोकोलाई संक्रमण भएको हो भन्ने खुलेको छैन,’ एसपी भट्टराईले भने ।

    घटनास्थलमा प्रहरीको टोली पुगेको र सेनाको टोलीलाई पनि बोलाइएको प्रहरीले जनाएको छ । मुचुल्का उठाएर ढोका फोडेर भित्र पस्ने र घटना प्रकृति हेरेर थप अनुसन्धान गर्ने एसपी भट्टराईले बताए ।

  • सम्बन्धित विषय:

  • # मृत फेला
  • # बाबु, आमा
  • # छोरी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार