बुर्तिबाङ घटना

बुर्तिबाङ नजिक मृत फेला परेको पुरुषको पहिचान, घटनामा संलग्न एक जना पक्राउ

बुर्तिबाङ नजिक मृत फेला परेको पुरुषको पहिचान, घटनामा संलग्न एक जना पक्राउ

घटनामा संलग्न दुई जना नै एउटै गाउँका
  • बैशाख २, २०७८ बिहिवार
  • १९:००:२७ बजे
  • 14.8K
    SHARES
  • बुर्तिबाङ नजिक मृत फेला परेको पुरुषको पहिचान, घटनामा संलग्न एक जना पक्राउ

    बुर्तिबाङ : बुधबार दिउँसो ढोरपाटन नगरपालिका वडा नम्बर २ खल्टुवोट नजिक खोल्सामा जमिन मुनी गाडीएको अवस्थामा शव भेटिएका व्यक्तिको शव पहिचान भएको छ । भेटिएको शव गत चैत्र ४ गतेदेखि वेपत्ता बनेका नवलपरासीको देवचुली घर भई रुपन्देही बस्दै आएका

    ३२ वर्षीय नारायण बस्याल रहेको प्रहरीले जनाएको छ । रेडियो ढोरपाटनले प्रशारण भएको समाचारकाआधारमा परिवारका सदस्यले मृतक आफ्नो परिवारको सदस्य भएको भन्दै हुलियाको आधारमा जानकारी प्राप्त गरेसँगै विहिबार बुर्तिबाङ आएपछि शवको पहिचान भएको बताइएको छ ।

    शवको पहिचान भएसँगै पोष्टमार्टम गर्न धवलागिरी अञ्चल अस्पताल बागलुङ पठाइएको प्रहरीले जनाएको छ ।  स्वास्थ्य केन्द्रमा शवको पोष्टमार्टम गर्ने स्वास्थ्यकर्मी नभएका कारण बागलुङ पठाइएको प्रहरीले जनाएको छ । 

    कसरी भयो घटना ?
    बुधबार ढोरपाटन नगरपालिका वडा नम्बर २ खल्टुवोटका स्थानीयले गाडिएको अवस्थामा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोलीले गाडिएको शव निकालेर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो । 

    शवको पहिचान हुन नसकिरहेको अवस्थामा बिहिबार मात्रै परिवारका सदस्य आइपुग्दा मात्रै शवको पहिचान भयो । गत चैत्र ४ गते रुपन्देहीदेखि एकाएक वेपत्ता बनेका वस्याल एक महिना बित्नै लाग्दा समेत परिवारका सदस्यको सम्पर्कमा आएनन् ।

    परिवारका सदस्यले विभिन्न स्थानमा खोजी कार्य जारी राखे तर कुनै स्थानमा फेला नपरेका नारायण गाडीएको अवस्थामा ढोरपाटन नगरपालिका वडा नम्बर २ मा फेला परेका हुन । बस्याल चार फिट गहिराईमा घाँटीमा रसिले कँसिएको, दुवै खुट्टा बाँधिएको अवस्थामा थिए ।

    को हुन् अपराधी ? 
    घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ढोरपाटन नगरपालिका वडा नम्बर २ रिनामका एक पुरुषलाई रुपन्देहिबाट प्रकाउ गरेको छ । रुपन्देहिमा विद्यालयको क्यान्टीन सञ्चालन गर्दै आएका दुई दाजुभाई मध्ये मित्रलाल खनाललाई प्रहरीले प्रकाउ गरेको हो । 

    नारायण वस्याल सम्पर्क विहिन भएदेखि क्यान्टिन तथा पेशा व्यवसाय बन्द गरेका र आफु बस्दै आएको घरदेखि सम्पर्क विहिन बनेका मित्रलाल खनाल र निजका दाई गौरीश्वर खनाल प्रहरीको शंकाको घेरामा रहेका थिए  । 

    बिहिबार मित्रलाललाई प्रहरीले प्रकाउ गरेसँगै आफुहरुले नै नारायण वस्यालको ज्यान लिएको बताएको प्रहरीले जनाएको छ । बुटवल इलाका प्रहरी कार्यालयका प्रमुख टंक चुँडालीका अनुसार मित्रलाल प्रकाउ परे पनि गौरीश्वर अझै सम्पर्कमा आएका छैनन् । किन र कसरी हत्या गरीयो भन्ने विषय

    अनुसन्धानपछि मात्रै थाहा हुने चुँडालीले बताए । घटनाको प्रकृति हेर्दा चैत ४/५ गते नै हत्या गरी गाडेको हुनसक्ने बताइएको छ । मित्रलाल र गौरीश्वर दुई दाजुभाईले नारायण वस्याललाई रुपन्देहि देखिनै हत्या गरे पश्चात खल्टुवोटमा लिएर गाडेको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।  

  • सम्बन्धित विषय:

  • # मृत फेला

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार