यस्तो अवस्थामा मृत फेला परेका व्यक्तिको हत्या गरिएको आशंका

यस्तो अवस्थामा मृत फेला परेका व्यक्तिको हत्या गरिएको आशंका

  • माघ ५, २०७७ सोमवार
  • ०८:४२:१७ बजे
  • 2.5K
    SHARES
  • यस्तो अवस्थामा मृत फेला परेका व्यक्तिको हत्या गरिएको आशंका

    गुल्मी : गुल्मीमा मृत अवस्थामा फेला परेका एक व्यक्तिको हत्या गरिएको आशंका प्रहरीले गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१४ रातामाटाका अन्दाजी ४५ वर्षीय तुलबहादुर विक शनिबार मृत अवस्थामा फेला परेका थिए ।

    मृतका विकको शव पोष्टमार्टम रिपोर्ट पछि छातीमा ४ वटा ठाउँमा भरुवा बन्दुकका छर्रा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । घरबाट घाँस काट्न हिँडेका विक

    अबेरसम्म घर नफर्केपछि आफन्तले खोज्ने क्रममा गुल्मीदरबार गाउँपालिकाको–१ को बरेवाखोलामा उनी मृत फेला परेका थिए  ।

    मृतक विकको छातीमा ४ ठाउँमा चोट लागेको छ । मृतक विकलाई गोली हानिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । तर कस्ले किन हान्यो भन्ने बारे खुलेको छैन् ।

    कसैले बन्यजन्तु शिकार गर्दा विकलाई लागेको हो या अरु कुनै भन्ने बारेमा अनुसन्धान भइरहेको डीएसपी पाण्डेले बताए ।

    विकको शब आइतबार गुल्मी अस्पतालमा पोष्टमार्टम गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मृत फेला
  • # हत्या गरिएको आशंका

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार