छोरा मण्डपबाट भागेपछि बेहुलीसंग बाबुले गरे विहे !

छोरा मण्डपबाट भागेपछि बेहुलीसंग बाबुले गरे विहे !

  • माघ ६, २०७७ मंगलवार
  • १९:५३:४३ बजे
  • 6.5K
    SHARES
  • छोरा मण्डपबाट भागेपछि बेहुलीसंग बाबुले गरे विहे !
    फाइल तस्बिर

    एजेन्सी – छिमेकी देश भारतमा एउटा अचम्मको घटना घटेको छ ।  विवाहको मण्डवबाट छोरा भागेपछि हुनेवाला बुहारीसँग एक बृद्धले विवाह गरेको खबर भाईरल भएको छ ।

    भारतको बिहारमा ६५ वर्षका रोशनलाललाई २१ वर्षकी कन्यासँग विवाह गर्न छोराले बाध्य बनाएको खबर सार्वजनिक भएको छ । रोशनलालको छोराको विवाह सपना नामकी कन्यासँग हुनेवाला थियो । जन्ती कन्याको घरको ढोकामा पुगेको थियो तर रोशनको छोरा मण्डपबाट एकाएक भागे । छोरा मण्डपबाट भागेपछि बुवा नै मण्डपमा बस्न परेको थियो ।


    कन्या पक्षले जन्ती खाली हात फर्कदा केटी पक्षको बदनामी हुने बताएपछि दुई परिवारको इज्जत बचाउन रोशन आफै मण्डपमा बसेर विवाह सम्पन्न गरेका हुन् ।

    उनको छोराको अन्य युवतीसँग माया बसेको थियो । त्यसैले मण्डपबाट भागेका थिए ।

    सम्बन्धित समाचार