छोराको कुटाइबाट बाबुको मृत्यु

छोराको कुटाइबाट बाबुको मृत्यु

  • श्रावण ११, २०७८ सोमवार
  • १८:४६:४१ बजे
  • 1.9K
    SHARES
  • छोराको कुटाइबाट बाबुको मृत्यु

    इलाम: इलाम देउमाई नगरपालिका– २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ।

    यही साउन ७ गते ३४ वर्षीय गिर्जमान मुखियाले घरयासी विवादका कारण बुबालाई कुटपिट गरी घाइते बनाएका थिए। घाइतेको बिर्तासिटी अस्पाल विर्तामोडबाट उपचार हुन नसकी घरतर्फ फिर्ता ल्याउने क्रममा आइतबार राति मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालयले कुटपिट गर्ने गिर्जमानलाई पक्राउ गरी अनुसन्धान तथा कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ। रासस

  • सम्बन्धित विषय:

  • # छोरा
  • # कुटाइ
  • # बाबुको मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार