१० लाख डोज भेरोसेल खोप चीनबाट काठमाडौं आइपुग्यो

१० लाख डोज भेरोसेल खोप चीनबाट काठमाडौं आइपुग्यो

  • श्रावण ८, २०७८ शुक्रवार
  • १२:२०:५१ बजे
  • 1.9K
    SHARES
  • १० लाख डोज भेरोसेल खोप चीनबाट काठमाडौं आइपुग्यो
    फाइल तस्बिर

    काठमाडौं : कोभिड–१९ विरुद्धको थप १० लाख डोज भेरोसल खोप आज अपरान्ह काठमाडौं आइपुगेको छ ।


    बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

    निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलका अनुसार थप १० लाख डोज खोप ल्याउन निगमको जहाज आज राती ११ बजे बेइजिङ उड्दैछ । भोलि दिउँसो २ बजे उक्त जहाज काठमाडौं फर्कनेछ ।


    बाँकी डोज ल्याउन शनिबार उक्त जहाज पुनः शनिबार बेइजिङ जाने कार्यक्रम छ । नेपालले चीनको खोप उत्पादक कम्पनी साइनोफार्मबाट ४० लाख डोज खोप खरिद गरेको हो ।

  • सम्बन्धित विषय:

  • # भेरोसेल खोप
  • # १० लाख डोज

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार