बागलुङमा १० हजार भेरोसेल खोप लगाउन सुरु

बागलुङमा १० हजार भेरोसेल खोप लगाउन सुरु

  • आषाढ ३१, २०७८ बिहिवार
  • १२:३६:२७ बजे
  • 2.7K
    SHARES
  • बागलुङमा १० हजार भेरोसेल खोप लगाउन सुरु
    फाइल तस्बिर

    बागलुङ : बागलुङमा कोरोना महामारी विरुद्ध खोप लगाउन सुरु भएको छ । मंगलबारदेखि बागलुङ नगरपालिकामा खोप लगाउने कार्य सुरु भएको हो । 

    बागलुङ नगरपालिका भित्र ५ हजार जनालाई कोरोना विरुद्धको खोप प्रदान गर्ने गरी अभियान सुरु भएको बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । ‘बागलुङ नगर क्षेत्रका ५ हजार जनालाई अहिले खोप लगाउनेगरी कार्यक्रम सुरु भएको छ ,’ उनले भने,‘सरकारले तोकेका मापदण्ड अनुसरा नै कोभिड विरुद्धको खोप लगाउने कार्यक्रम चलेको छ ।’ 

    ५५ वर्ष माथिका पहिलो डोज लगाउनुपर्ने सबै,  क्याम्पसका प्राध्यापक, शिक्षक कर्मचारी, सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक, चालक सहचालक, खानेपानी, तरकारी पसल बीउबिजन लगायत अत्यावश्यक अन्तर्गत पर्ने सेवाहरुका लागि खट्नेहरुलाई खोप लगाउने उनले बताए । 

    बागलुङ नगरपालिका भित्रका अन्य वडाहरुमा बिहीबार र शुक्रबार सञ्चालन हुने र नगरपालिकामा भने साउन ३ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने खनालले बताए । बागलुङ नगरपालिकामा खोप कार्यक्रम सुरु भैसके पनि अन्य पालिकाहरुमा भने बिहीबारबाट सुरु हुनेछन् । बागलुङको जैमिनी नगरपािलका बिहीबारबाट यो अभियान सुरु हुनेछ ।

     जिलाको काठेखोला गाउँपालिमा साउन २ र ३ गते, गलकोट नगरपालिका र ताराखोला गाउँपालिमा साउन ३ र ४ गते, ढोरपाटन नगरपालिकामा ४, ५ र ६ गते र निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकामा ५ र ६ गते खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बागलुङका खोप फोकल पर्सन राजु खत्रीले बताए । जैमिनीमा बिहीबार नै खोप सञ्चालन भएका कारण २२ सय डोज खोप पठाईएको उनले बताए ।

    अन्यत्र भने खोप वितरणको प्रक्रियामा रहेको छ । अहिले बागलुङमा १० हजार डोज खोप आएको छ ।  भण्डारण क्षमता नभएका कारण ५ हजार डोज खोप ल्याउन बाँकी छ । अहिलेको खोप लगाईसकेपछि उक्त खोप ल्याईनेछ । 

     

  • सम्बन्धित विषय:

  • # बागलुङ
  • # भेरोसेल खोप

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार