पतिको शुक्रकिट रक्षाका लागि अदालतमा मुद्दा

पतिको शुक्रकिट रक्षाका लागि अदालतमा मुद्दा

  • श्रावण ९, २०७८ शनिवार
  • १७:०६:५८ बजे
  • 2.4K
    SHARES
  • पतिको शुक्रकिट रक्षाका लागि अदालतमा मुद्दा

    काठमाडौं : भारतको बडोदरास्थित स्टर्लिंग अस्पतालले अदालतको आदेश बमोजिम कोभिड १९ संक्रमित एक युवकको वीर्य संकलन गरेर सुरक्षित राखेको छ ।

    ती संक्रमित पुरुषकी पत्नीले अदालतमा दायर गरेको एक रिट निवेदनमा गुजरात उच्च अदालतले दिएको आदेश बमोजिम अस्पतालले संक्रमितको वीर्य संकलन गरेको हो ।

    ती महिलाका वकिल निलय एच पटेलले बीबीसीलाई बताए अनुसार कोभिड १९ संक्रमित ती पुरुषको स्वास्थ्य अवस्था निकै बिग्रिंदै गएको थियो । आफ्नो पतिको कोभिडका कारण मृत्यु हुने सम्भावना बढेसँगै ती महिलालाई पतिको शुक्रकिट निकालेर सुरक्षित राख्ने चाहना पलायो । उनले आफ्नो लोग्ने उपचाररत अस्पतालसँग पतिको वीर्य निकालेर राखिदिन अनुरोध पनि गरिन् । तर अस्पतालले यसका लागि पतिको सहमति आवश्यक रहेको बतायो । त्यहाँनेर के समस्या उत्पन्न भयो भने उनका पति आफ्नो वीर्य निकाल्नका लागि सहमति दिनसक्ने अवस्थामा थिएनन् । त्यसपछि ती महिलाले अदालतको ढोका ढक्ढकाइन् ।

    उक्त दम्पत्तिको विवाह केवल ८ महिना अगाडि मात्र भएको थियो र उनीहरु क्यानडामा बसोबास गर्दै आएका थिए । पुरुषका पिता बिरामी परेपछि उनीहरु क्यानडाबाट स्वदेश फर्किएका थिए । घर फर्किएलगत्तै ती युवकमा पनि कोरोना संक्रमण देखा पर्यो । ती युवकको उमेर झण्डै ३० वर्षको रहेको बताइएको छ ।

    स्टर्लिंग अस्पतालका क्षेत्रिय निर्देशकका अनुसार ती युवकलाई ४५ दिनअघि उक्त अस्पतालमा भर्ना गरिएको थियो ।

    पछिल्लो दिनमा उनका शरीरका विभिन्न अंगले काम गर्न छाडेका छन् र उनलाई बचाउन सकिने सम्भावना निकै कम छ ।

    अस्पतालले विशेष विधिबाट निकालेको ती युवकको वीर्य हाल सुरक्षित अवस्थामा राखिएको छ । उक्त शुक्रकिटलाई कसरी उपयोग गर्ने भन्ने कुरा बिरामीकी पत्नीको निर्णयमा भर पर्नेछ । –बीबीसी

     

  • सम्बन्धित विषय:

  • # अदालत
  • # शुक्रकिट

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार