मास्क नलाई सेल्फी खिच्ने राष्ट्रपतिलाई चार लाख जरिवाना

मास्क नलाई सेल्फी खिच्ने राष्ट्रपतिलाई चार लाख जरिवाना

  • पौष ७, २०७७ मंगलवार
  • १६:३१:४० बजे
  • 3.2K
    SHARES
  • मास्क नलाई सेल्फी खिच्ने राष्ट्रपतिलाई चार लाख जरिवाना

    कानुन सबैलाई समानरुपमा लागू हुनुपर्दछ । 

    ठूलालाई चैन, सानालाई ऐन हुने हाम्रो देशमा यो कुरा लागू नहुन सक्छ । 

    तर दक्षिण अमेरिकी मुलुक 

    चिलीका राष्ट्रपतिले भने कोरोनाको बेला सानो एउटा नियम तोडेका कारण ठूलो जरिमाना तिर्नुपरेको छ ।

    कोरोना भाइरस महामारीका बेला मास्क लगाउनुपर्ने नियम विपरीत समुद्री तटमा बाहिरी मानिसहरुसँग मास्क नलगाइकन सेल्फी खिचेको अभियोगमा चिलीका राष्ट्रपति सेबास्टियन पिनोरामाथि सरकारले ३५ सय डलर अर्थात् झण्डै ४ लाख रुपैयाँ बराबरको रकम जरिमाना गरेको हो ।


    चिलीमा सार्वजनिक स्थानहरुमा मास्क लगाउनुपर्ने कठोर नियम छ र नियम उल्लंघन गर्नेमाथि जरिमाना तथा जेल सजायसमेत हुने गर्दछ ।

    राष्ट्रपति पिनेराले उक्त घटनाप्रति माफी मागेका छन् ।

    काचागुआ सहरस्थित आफ्नो घर नजिकैको समुद्री तटमा हिँडिरहेको बेला एकजना परिचित महिलाले आफूलाई रोकेर सँगै फोटो खिचौँ भनेर भनेको र आफूले उनको अनुरोध स्विकार गरेको उनको भनाइ छ ।

    तस्वीरमा पनि ती महिला र राष्ट्रपति सँगै दायाँवायाँ उभिएको देखिन्छ । दुवै जनाले मास्क लगाएका छैनन् ।

    चिलीका राष्ट्रपति पिनेरा पटक पटक विवादमा आउने गरेका छन् । गत वर्ष सरकार विरोधी आन्दोलन चलिरहेको बेला पिज्जा पार्टी गरेको तस्वीर सार्वजनिक भएको थियो भने पछि आन्दोलनको केन्द्र रहेको चोकमा गएर तस्वीर खिचाएका थिए ।

    चिलीमा हालसम्म कोरोना भाइरसबाट ५ लाख ८१ हजार भन्दा धेरै संक्रमित भएका छन् भने 

    १६ हजार भन्दा धेरैको मृत्यु भैसकेको छ ।

    एजेन्सी

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति
  • # चार-लाख-जरिवाना

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार