कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु 

कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु 

  • श्रावण १३, २०७८ बुधवार
  • १५:४४:१० बजे
  • 3.5K
    SHARES
  • कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु 
    फाइल तस्बिर

    बागलुङ : कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ ।

    बागलुङ नगरपालिका—३ का ८६ वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको हो । साउन ८ गते कोरोना संक्रमण पुष्टी भएका उनलाई साउन ९ गते अस्पताल भर्ना गरिएको थियो ।

    उनको कोभिड निमोनियाका कारण बुधबार दिउँसो २ बजेर ४७ मिनेट जाँदा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड—१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

    योसंगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ । 

    यो पनि पढ्नुहोस् 

    बागलुङमा पुनः कोरोना संक्रमण बढ्दै, २४ घण्टामा ६५ थपिए

    बागलुङ :  कोरोना महामारी नियन्त्रणका लागि गरिएको निशेधाज्ञा खुकुलो पारिएसंगै बागलुङमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ ।

    निशेधाज्ञाको समयमा केही घटेको कोरोना संक्रमणदर निशेधाज्ञा खुकुलो पारिएसंगै फेरी बढ्दै गएको छ । बुधबार दिउँसा १२ बजेसम्म २४ घण्टामा बागलुङमा थप ६५ नयाँ संक्रमित थपिएको छन् । साढे दुई सय हाराहारीमा रहँदै आएको सक्रिय संक्रिमतको संख्या पुनः ३५९ जना पुगेको छ ।

    स्वास्थ्य कार्यालय बागलुङका अनुसार पछिल्लो २४ घण्टामा ५१ जना पिसिआर परीक्षण र १४ जनामा एन्टीजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।

    पिसिआर परीक्षणमा बागलुङ नगरपालिकामा ४१ जना, ढोरपाटन नगरपालिकामा १ जना, जैमिनी नगरपालिकामा १ जना निसीखोला गाउँपालिकामा २ जना र काठेखोला गाउँपालिमा ३ जना र अन्य ३ जना गरी ५१ जना रहेका छन् । एन्टीजेनबाट बरेङ गाउँपालिकामा ६ जना, ढोरपाटन नगरपाकिलामा ३ जना, गलकोट नगरपालिकामा २ जना, ताराखोला गाउँपालिकामा २ र तमानखोला गाउँपालिकामा १ जना संक्रमित देखिएका छन् ।

    कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा भर्ना हुनेहरुको संख्या पनि बढ्दै गएको छ ।

    ३५९ सक्रिय संक्रमितमध्ये अहिले २४ जना संक्रमित विभीन्न अस्पतालमा उपचार गराईरहेका छन् । धौालगिरि अस्पताल बागलुङमा १३ जना, ताराखोला कोभिड अस्पतालमा ७ जना, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ३ जना र गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा १ जना सक्रिय संक्रमित रहेका छन् ।

    ३३५ जना कोरोना संक्रमित अहिले पनि होम आईसोलेसनमा रहेका छन् । कोरोना संक्रमण केही घटेको समयमा निशेधाज्ञा कुखुलो पारिएपछि पुनः संक्रमितको संख्या बढ्न थालेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड—१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । ‘निशेधाज्ञा खुकुलो हुँदै जाँदा स्वास्थ्य सावधानी अपनाउने काम भएन त्यसले गर्दा संक्रमण हुने दर बढेको छ,’ उनले भने,‘अहिले लक्षण भएका र नजिकै कन्ट्याक ट्रेसिङमा परेकाको मात्रै परीक्षण गरिएको छ ।’

    अस्पतालमै पुगेर परीक्षण गराउनेको संख्या पनि बढेको उनको भनाई छ । अहिले बागलुङ नगरपालिकामा १९५ जना सक्रिय संक्रमित रहेका छन् । जैमिनी नगरपालिकामा ३४ जना, ताराखोला गाउँपालिकामा २४ जना सक्रिय संक्रमित रहेका छन् । 

     

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण
  • # मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार