कोरोना संक्रमणबाट बागलुङका ३७ वर्षीय पुरुषको मृत्यु

कोरोना संक्रमणबाट बागलुङका ३७ वर्षीय पुरुषको मृत्यु

  • पौष २८, २०७७ मंगलवार
  • ०९:३४:३८ बजे
  • 5.7K
    SHARES
  • कोरोना संक्रमणबाट बागलुङका ३७ वर्षीय पुरुषको मृत्यु
    फाइल तस्बिर

    बागलुङ : कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ ।

    धौलागिरि अस्प्तालमा उपचार गराईरहेका जैमिनी नगरपालिका—७ का ३७ वर्षीय पुरुषको मृत्यु भएको धौलागिरि अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले बताए ।

    गत पुस २१ गते उनी अस्पताल भर्ना भएका थिए ।

    अस्पताल भर्ना भएपछि कोरोना परिक्षण गर्दा २३ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

    अवस्था गम्भीर भएपछि उनलाई सोमबार आईसियु कक्षामा सारिएको थियो ।

    सोमबार नै हेलिकप्टरबाट काठमाडौं लैजाने प्रयास असफल भएपछि मंगलबार बिहान ८ बजे हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी गरिएको थियो ।

    बिहान ७ः३० बजे नै उनको मृत्यु भएको गौतमले बताए ।

    अस्पताल भर्ना हुँदा नै उनको शरिरमा अक्सिजनको मात्र कम रहेको बताईएको छ ।  

    सम्बन्धित समाचार