काेराेना कहर

बागलुङको एक विद्यालयका ८ जना विद्यार्थीमा कोरोना संक्रमण

बागलुङको एक विद्यालयका ८ जना विद्यार्थीमा कोरोना संक्रमण

  • चैत्र २४, २०७७ मंगलवार
  • १६:५०:२१ बजे
  • 9.6K
    SHARES
  • बागलुङको एक विद्यालयका ८ जना विद्यार्थीमा कोरोना संक्रमण

    बागलुङ : बागलुङको एक विद्यालयमा अध्ययनरत ८ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरामा गरिएको परीक्षणमा मंगलबार बागलुङ नगरपालिकाको एक विद्यालयका ८ जना विद्यार्थीहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो । 

    संक्रमितहरु सबै छात्रा विद्यार्थीहरु रहेको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिए । एकै विद्यालयका १८, २८, १७, १७, १९, १८, १९ र २३ वर्षीया छात्राहरुलाई संक्रमण पुष्टि भएको बताए । संक्रमितहरु ६ जना होस्टेलको

    आइसोलेसन र २ जना होम आइसोलेसनमा रहेको बताइएको छ । २ जनालाई कोरोनाको लक्षण देखिएपछि परिक्षण गर्दा संक्रमण देखिएपछि अन्य लक्षण देखिएका ६ जना विद्यार्थीहरुको पनि स्वाब परिक्षण गर्दासंक्रमण पुष्टि भएको खनाले बताए ।

    ८ जना विद्यार्थीहरुलाई संक्रमण देखिएपछि उक्त विद्यालय १० दिनको लागि बन्द गरिए छ । पछिल्लो अहिले बागलुङ नगरपालिकामा २६ जना सक्रिय संक्रमित रहेको नगर स्वास्थ्य शाखाले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार