काेराेना कहर

बागलुङमा एकै दिन १५ जनामा कोरोना संक्रमण

बागलुङमा एकै दिन १५ जनामा कोरोना संक्रमण

  • चैत्र २६, २०७७ बिहिवार
  • १८:४०:२७ बजे
  • 5.3K
    SHARES
  • बागलुङमा एकै दिन १५ जनामा कोरोना संक्रमण

    बागलुङ : बागलुङमा दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । आज पनि थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

    गरिएको परिक्षणमा बागलुङ नगरपालिकाका १३, ताराखोला र काठेखोला १÷१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । बागलुङ नगरपालिका वडा नम्बर २ का २४, १७, १६, १८, २६, १८, १७, १७ र १७ वर्षीया महिला

    र ४३ वर्षीया पुरुष, वडा नम्बर ३ का ६२ वर्षीय पुरुष, वडा नम्बर ४ का १८ वर्षीया महिला र वडा नम्बर ७ का ३८ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    ताराखोला गाउँपालिका वडा नम्बर २ का ५७ वर्षीय पुरुष र काठेखोला गाउँपालिका वडा नम्बर ३ का ४९ वर्षीय १ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

    आज थपिएकासहित बागलुङमा सक्रियसंक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार