करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

  • श्रावण १४, २०७८ बिहिवार
  • १२:१६:५० बजे
  • 3.3K
    SHARES
  • करेन्ट लागेर एक जनाको मृत्यु

    जनकपुरधाम : महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भंगहा नगरपालिका–७ का १७ वर्षीय राजु पासवानको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    राजुलाई काकाको घरमा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो । उनको बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले बताए ।


    मृतकको शवलाई पोष्टमार्टम गराई आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मृत्यु
  • # करेन्ट

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार