पुलको खाल्डोमा स्कर्पियो खस्दा एक जनाको मृत्यु

पुलको खाल्डोमा स्कर्पियो खस्दा एक जनाको मृत्यु

  • श्रावण १५, २०७८ शुक्रवार
  • १२:११:२१ बजे
  • 2.5K
    SHARES
  • पुलको खाल्डोमा स्कर्पियो खस्दा एक जनाको मृत्यु

    जनकपुरधाम : ढल्वेबर–जनकपुर सडकअन्तर्गत लक्ष्मीनियाँ गाउँपालिकाको सपहीमा सरकारी नम्बर प्लेटको स्कार्पियो पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।


    आज विहान जनकपुरधामतर्फ आउँदै गरेको ज–२०–०२–०००१ ख ००३५ नम्बरको स्कार्पिओ पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेको हो ।

    प्रहरीका अनुसार स्कार्पियोमा सबार महोत्तरीको भंगहा नगरपालिका–९ बस्ने दीपक यादवको मृत्यु भएको छ ।


    यस्तै स्कार्पियोमै सबार ५ जना घाइते भएको र उनीहरुको उपचार प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । स्कार्पियो कुन कार्यालयको भन्नेबारे प्रहरीले केहि बताएको छैन ।

    सम्बन्धित समाचार