डुंगा दुर्घटनामा १ जनाको मृत्यु, ३ जना बेपत्ता

डुंगा दुर्घटनामा १ जनाको मृत्यु, ३ जना बेपत्ता

  • श्रावण १७, २०७८ आइतवार
  • १६:३८:४४ बजे
  • 2.2K
    SHARES
  • डुंगा दुर्घटनामा १ जनाको मृत्यु, ३ जना बेपत्ता

    सुर्खेत : कर्णाली नदीमा डुंगा दुर्घटनामा एक जनाको मृत्यु भएको छ, तीन जना बेपत्ता भएका छन् ।

    कैलालीको मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया धनसरी सलामीको शव फेला परेको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय, सुँगरखाल कैलालीका इन्चार्ज राजेन्द्रबहादुर कुमालले जानकारी दिए ।


    ‘बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ, भखरै घटनास्थलदेखि तीन सय मिटर तल एक महिलाको शव फेला पारेका छौं,’ इन्चार्ज कुमालले भने ।

    कैलालीको मोहन्याल गाउँपालिका र सुर्खेतको चौकुने गाउँपालिका बीचमा पर्ने कर्णाली नदीमा आइतबार बिहान १० बजेतिर डुंगा पल्टिँदा एक गर्भवतीसहित तीनजना बेपत्ता भएका छन् । उनीहरु खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    १० जना सवार रहेको डुंगा पल्टिँदा कर्णालीमा खसेका पाँच जनाको सकुशल उद्दा गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी माधव श्रेष्ठले जानकारी दिए । दुर्घटनामा एक जना घाइते भएकाा छन् ।

    घटनास्थलमा सुर्खेतको बाबियाचौर र कैलालीको सुँगरखालबाट खटिएको प्रहरी टोलीले खोजी तथा उद्धार थालेको एसपी श्रेष्ठले बताए ।

    सम्बन्धित समाचार