सम्बन्ध विच्छेद

जिल्ला अदालत बागलुङको प्रगति ५२.६४ प्रतिशत, सजिलै टुंगीन्छन् दम्पत्तीको सम्बन्ध

जिल्ला अदालत बागलुङको प्रगति ५२.६४ प्रतिशत, सजिलै टुंगीन्छन् दम्पत्तीको सम्बन्ध

  • श्रावण १८, २०७८ सोमवार
  • १९:११:५१ बजे
  • 6.8K
    SHARES
  • जिल्ला अदालत बागलुङको प्रगति ५२.६४ प्रतिशत, सजिलै टुंगीन्छन् दम्पत्तीको सम्बन्ध

    बागलुङ : बागलुङमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढ्दै गएको देखिएको छ । जिल्ला अदालत बागलुङले सार्वजनिक गरेको तथ्याङ्कमा कुल मुद्दाको झण्डै आधा जति सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।

    जिल्ला अदालत बागलुङमा गत आर्थिक वर्षमा ३९६ कुल मुद्दा दर्ता भएकोमा १७० वटा सम्बन्ध विच्छेदका मात्रै मुद्दा रहेका छन् । पछिल्लो समय स—सानो कुरामै सम्बन्ध विच्छेद गर्ने दम्पत्ती तयार हुने गरेको जिल्ला न्यायाधीस बासुदेव न्यौपाने बताउँछन् । ‘पछिल्ला दिनहरुमा सम्बन्ध विच्छेदको मुद्दाको संख्या निकै बढेर गएको छ, स–सानो कुरामै सम्बन्ध विच्छेद हुने गरेका छन्,’ उनले भने,‘हामीसंगै बस्न नसक्ने भयो अलग हुन्छौं भन्ने धेरै हुन्छन् ।

    अलि बढि नै केरकार गर्दा सामान्य विषयको शंकाले सम्बन्ध टुंगिएको हुन्छ ।’ श्रीमान वैदेशिक रोजगारीमा गएकाहरुमा अझ धेरै समस्या देखिने गरेको उनको भनाई थियो ।

     ‘श्रीमान विदेशमा गएपछि यहाँ अर्कैसंग लागेको भन्ने आरोपमा झगडा सुरु हुने र सामान्य शंकाको अधारमा सम्बन्ध बिग्रदै गएको देखिन्छ,’ उनी भन्छन्,‘मैले पठाएको पैसाको हिसाब देखिएन भन्ने कुराले सम्बन्ध विच्छेदसम्मको अवस्थामा पु-याएको देखिन्छ । पहिले जे जस्तो भए पनि सम्बन्ध जोगाउनुपर्छ भन्ने थियो । तर अहिले सम्बन्ध विच्छेद सजिलै भएको देखिन्छ ।’

     सम्बन्ध विच्छेद गर्न आउनेहरु धेरै जसोले मिलापत्रमै सम्बन्ध विच्छेद गर्ने गरेको उनी बताउँछन् । जिल्ला अदालत बागलुङमा १३३ मुद्दा मिलापत्र भएकोमा १२२ थान सम्बन्ध विच्छेदका मुद्दामा मिलापत्र गरेर छुटिटएको अदालतले जनाएको छ ।

    अघिल्लो आर्थिक वर्षमा सम्बन्ध विच्छेदका ७२ मुद्दा जिम्मेवारी सरेर आएकोमा गत आर्थिक वर्षमा ५८ मुद्दा फछ्र्यौट भएको छ । १४ वटा मुद्दा अझै बाँकी रहेका छन् । आर्थिक २०७७÷०७८ मा १७० वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा १२२ मिलापत्र भएको छ ।

     ४८ वटा मुद्दा बाँकी रहेका छन् । गत आर्थिक वर्षमा जबरजस्ती करणीका ४२ मुद्दा दर्ता भएकोमा २८ मुद्दा फछ्र्यौट भएको छ ।

    बाल यौन दुरुपयोगमा ४ मुद्दा परेकोमा चार वटै फैसला भएको छ । आत्महत्या दुरुत्साहनमा पाँच मुद्दा दर्ता भएकोमा चार मुद्दा फैसला भएको छ । ज्यान सम्बन्धी मुद्दामा २४ मुद्दा दर्ता भएकोमा ६ वटा मात्रै फैसला भएको र १८ वटा बाँकी रहेको अदालतले जनाएको छ । विभीन्न चोरीका १७ मुद्दा रहेकोमा १६ फैसला भएको छ । लागु औषध सम्बन्धी १९ मुद्दामध्ये ७ वटा मात्रै फैसला भएको छ ।

     बोक्सी सम्बन्धी आरोपमा एउटा मुद्दा परेर मिलापत्रमा टुंगिएको छ । घरेलु हिंसा सम्बन्धी ८ वटा मुद्दा परेकोमा सबै मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश जारी भएको छ । वैवाहिक जबरजस्ती करणी दुई मुद्दामध्ये दुईटैको फैसला भएको छ ।

    नावालक प्रतिवादी भएका १९ मध्ये ७ मात्रै टुंगिएको छ । पीडित बालबालिका भएका २२ मुद्दामध्ये १२ वटा फछ्र्यौट भएको छ । कसुर ठहर भई सजाय निर्धारण भएका ३७ मुद्दामध्ये ३७ नै फछ्र्यौट भएको अदालतले जनाएको छ । 

    निरन्तर सुनुवाई भएका ५७ मुद्दामध्ये ३२ पछ्र्यौट भएको छ । थुनुवा मुद्दा संख्या ९६ मा ६४ पछ्र्यौट भएको छ ।  

    बालबालिका ३ महिला ४  पुरुष विदेशी समेत गरी ५१ जना समेत ५८ जना रहेका छन् । अदालतमा दर्ता भएका मार्ग समुह अन्तर्गत सरल मार्गमा ३३७ दर्ता भएकोमा १६७ पछ्र्यौट भएको छ , सामान्य मार्गमा ५५ दर्ता भएकोमा १० फछ्र्यौट र विशेष मार्गबाट ४ मुद्दा दर्ता भएकोमा सबै बाँकी पछ्र्यौट हुन बाँकी रहेको छ ।

    गत आर्थिक वर्षमा ३०३ मुद्दा अघिल्लो आर्थिक वर्षको दायित्व सरेर आएको थियो भने ३९६ मुद्दा नयाँ दर्ता भएको थियो ।

     नयाँ दर्ता भएको र जिम्मेवारी सरेको गरी ३६८ मुद्दा कुल मुद्दाको ५२.६४ प्रतिशत प्रगति भएको जिल्ला अदालत बागलुङका नायव सुब्बा ऋषिराम रिजालले बताए । कोरोना महामारीका कारण निशेधाज्ञा भएका कारण अदालतले लक्ष्य अनुसार मुद्दा फैसला गर्न नसकेको उनको भनाई छ । ‘सबै क्षेत्रलाई प्रभावित पार्ने कोभिडले हामीलाई पनि प्रभाव पा¥यो, त्यसले गर्दा लक्ष्य अनुसारको मुद्दा फैसला हुन सकेन,’ उनले भने । 

    फैसला कार्यान्वयनमा कुल ९७ निवेदनमध्ये ५२ पछ्र्यौट भएको छ । कैदतर्फ कुल ८ सय ६४ वर्ष ६ महिना ८ दिनमध्ये दुई सय ५४ वर्ष एक महिलना १६ दिन कार्यान्वयन भएको छ ।

    जरिवानातर्फ कुल दुई करोड ५६ लाख ७० हजार सात सय ३१ रुपैयाँ कार्यान्वयन हुनुपर्नेमा ७० लाख ४६ हजार ९ सय ६८ रपैयाँ कार्यान्वयन भएको छ ।

    सम्बन्धित समाचार