राजस्व

कोरोना महामारीबीच आन्तरिक राजस्व कार्यालय बागलुङको १३५ प्रतिशत प्रगति 

कोरोना महामारीबीच आन्तरिक राजस्व कार्यालय बागलुङको १३५ प्रतिशत प्रगति 

  • श्रावण ६, २०७८ बुधवार
  • ११:४७:२५ बजे
  • 3.6K
    SHARES
  • कोरोना महामारीबीच आन्तरिक राजस्व कार्यालय बागलुङको १३५ प्रतिशत प्रगति 

    बागलुङ : कोरोना महामारीका बापजुद आन्तरिक राजस्व कार्यालय बागलुङले लक्ष्यभन्दा बढि राजस्व संकलन गर्न सफल भएको छ ।

    आर्थिक वर्ष २०७७/०७८ मा आन्तरिक राजस्व कार्यालय बागलुङले ८६ करोड २० लाख ७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । यो आर्थिक वर्षमा एक अर्ब ३५ करोड ५५ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको कार्यालयले जनाएको छ । 

    ‘हामीले गतवर्ष पनि कोरोना समस्याका बापजुद ९९ करोड ९७ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरेका थियौं,’ अन्तरिक राजस्व कार्यालय बागलुङका कार्यालय प्रमुख जनकराज शर्माले भने,‘कोरोनाको समस्याकै कारण यस वर्ष गतवर्ष संकलन भएको राजस्व भन्दा कम लक्ष्य हामीलाई तोकिएको थियो । हामीले तोकिएका लक्ष्यभन्दा ५० करोड बढि राजस्व संकलन गर्न फल भएका छौं ।’

     गतवर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा १३५.६ प्रतिशत प्रगति भएको उनको भनाई छ ।

    ‘कोभिडका कारण धेरै कुरा प्रभावित हुँदा हाम्रो कार्यालयको काम पनि प्रभावित हुने नै भयो,’ उनले भने,‘त्यसका बापजुद पनि १३५ प्रतिशत बढि प्रगति हाँसिल गर्न सफल भएका छौं ।’ आन्तरिक राजस्व कार्यालयले आयकरतर्फ ७९ करोड ७ लाख ९१ हजार रुपैयाँ संकलन गरेको छ । गतवर्ष यही शिर्षकमा ५३ करोड १५ लाख ६३ हजार राजस्व संकलन भएको थियो । बहालकरतर्फ दुई करोड ७७ लाख ९१ हजार संकलन भएको छ । 

    व्याजकरतर्फ ९ करोड ६७ लाख ५७ हजार राजस्व संकलन गरेको कार्यालय जनाएको छ । मुल्य अभिवृद्धिकर तर्फ ४१ करोड ७६ करोड ७८ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

    अन्तशुल्क करतर्फ दुई करोड ४० करोड ९३ लाख रुपैयाँ, स्वास्थ्यकरतर्फ १० लाख ८७ हजार, शिक्षाकरतर्फ ८६ हजार राजस्व संकलन भएको शर्माले जानकारी दिए । ‘यो क्षेत्रमा स्वास्थ्य र शिक्षा कर एकदमै कम रहेको छ,’ उनले भने,‘सानो ठाउँमा सानो कारोबारबाट संकलन हुने राजश्वका बापजुद हामीले राम्रो काम गर्न सफल भएका छौं । तोकिएको भन्दा ५० करोड बढि राजस्व हामीले संकलन गरेका छौं ।’

     कार्यालय आर्थिक वर्ष २०७७/०७८ साउन महिनामा १० करोड ५० लाख ६६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा १७ करोड ३२ लाख ८७ हजार संकलन भएको छ ।

    भदौ महिनामा ३ करोड १६ लाख ५५ हजार संकलनको लक्ष्य रहेकोमा ३ करोड ७८ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको कार्यालयले जानकारी दिएको छ । असोजमा महिनामा ५ करोड १७ लाख २३ हजारको लक्ष्य रहेकोमा ७ करोड २५ लाख ७९ हजार संकलन गर्न सफलता मिलेको छ । कार्तिक महिनामा ३ करोड १० लाख ४१ हजार संकलनको लक्ष्यमा ५ करोड ३९ लाख ८३ हजार रुपैयाँ संकलन गरेको छ । 

    मंसिरमा ३ करोड ६० लाख ५८ हजारको लक्ष्यमा ४ करोड ६८ लाख ७३ हजार राजस्व जम्मा भएको छ ।

    पुस महिनामा १२ करोड ५९ लाख ७७ हजार राजस्व संकलन गर्ने लक्ष्य तोकिएकोमा २३ करोड एक लाख ८४ हजार रुपैयाँ राजस्व संकलन गर्न सफलता मिलेको छ । माघ महिनामा ६ करोड १३ लाख ५२ हजार राजस्व संकलनको लक्ष्य रहेकोमा १९ करोड दुई लाख ७७ हजार रुपैयाँ संकलन भएको छ । फागुन महिनामा ३ करोड ८२ लाख २८ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा ७ करोड ९७ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

     चैत महिनामा ६ करोड ४१ लाख ६ हजार रुपैयाँ संकलनको लक्ष्य तोकिएकोमा ११ करोड ४६ लाख ३४ हजार रुपैयाँ संकलन भएको छ ।

    वैशाख महिनामा ५ करोड ७३ लाख ७२ हजार रुपैयाँको लक्ष्यमा ६ करोड ७५ लाख २२ हजार रुपैयाँ संकलन भएको बताईएको छ । जेठमा ५ करोड २२ लाखको लक्ष्यमा ५ करोड ६८ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ । असार महिनामा २० करोड ७२ लाख ३१ हजार लक्ष्य तोकिएकोमा २३ करोड १७ लाख ७ हजार संकलन गर्न सफल भएको कार्यालयले जानकारी दिएको छ । 

    आन्तरिक राजस्व कार्यालय बागलुङमा अहिले १६ हजार एक सय ५५ जना व्यवसायिक कायकरमा दर्ता भएका छन् । २७ हजार दुई सय २५ जना व्यक्तिगत आयकर दर्ता भएका छन् । कार्यालयमा मुल्य अभिवृद्धिकरमा एक हजार चार सय ३४ र अन्तशुल्क करतर्फ एक हजार ६७ करदता रहेको कार्यालयले जनाएको छ ।

    कार्यालय सबै प्रकारका करदाता गरी ४३ हजार चार सय ६९ करदाताबाट कर संकलन गरेको छ । 

     

    सम्बन्धित समाचार