औषधि खाएलगत्तै दिदी–भाइको मृत्युु

औषधि खाएलगत्तै दिदी–भाइको मृत्युु

  • श्रावण २०, २०७८ बुधवार
  • १३:४९:१९ बजे
  • 2.7K
    SHARES
  • औषधि खाएलगत्तै दिदी–भाइको मृत्युु

    धनगढी : भारतको दिल्लीस्थित एक क्लिनिकबाट किनेर औषधि खाएलगत्तै दुुई नेपाली बालबालिकाको मृत्यु भएको छ ।

    दिल्लीको शालिमारबागमा बस्दै आएका बाजुराको बुढीगंगा नगरपालिका–५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको मृत्यु भएको हो ।

    बान्ताको समस्या देखिएपछि सोमबार स्थानीय शुुभम डाइग्नोसिस सेन्टर नामक क्लिनिकमा गएर औषधी किनेर विकले छोराछोरीलाई खुवाएका थिए । क्लिनिकका डाक्टर बेदकुुमार गर्गले दिएको उक्त औषधि खाएपछि १०÷१० मिनेटको फरकमा दुुवै दिदी–भाइको मृत्यु भएको अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले बताए ।

    उनीहरुको मृत्युुपछि डाक्टरका नाममा विकको परिवारले स्थानीय शालिमारबाग प्रहरी स्टेशनमा उजुरी दिंदै उनीमाथि कारबाहीको माग गरेको खड्काले बताए । अखिल भारत नेपाली एकता मञ्चको सहयोगमा परिवारका सदस्यले डाक्टरविरुद्ध उजुरी दिएका हुन् ।

    अहिले ती डाक्टरलाई प्रहरीले निगरानीमा राखे पनि नियन्त्रणमा नलिएको पीडित पक्षको भनाइ छ । मृतक दुुवै जनाको मंगलबार हिन्दुु संस्कारअनुसार अन्त्येष्टि गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # औषधि
  • # दिदी–भाइको मृत्युु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार