महिनावारी रोेक्ने औषधि कत्तिको हानिकारक ?

महिनावारी रोेक्ने औषधि कत्तिको हानिकारक ?

  • मंसिर २२, २०७७ सोमवार
  • १५:०२:५९ बजे
  • 5.2K
    SHARES
  • महिनावारी रोेक्ने औषधि कत्तिको हानिकारक ?

    काठमाडौँ : पुजा आजा तथा टाढा यात्रा गर्नु लगाएतका कारण महिलाहरुले महिनावारी रोक्ने औषधि प्रयोग गर्ने गर्दछ । यस्तै कारणले गर्दा महिलाहरुले चिकित्सकको परामर्श बिना नै महिनावारी रोक्ने औषधि प्रयोग गर्ने गरेको पाईनछ । तर, यो औषधि महिला स्वास्थ्यका लागि लाभदायी हुदैन भन्नेखवर पनि आईरहेका छन् ।

    महिनावारी रोक्ने औषधी महिलाहरुको लागी हानिकारक हुने थाहा पाएर पनि प्रयोग गर्नेको सँख्या बढेको पाइन्छ । डाक्टरको सल्लह बिना महिनावरी सार्ने औषधि प्रयोग गर्दा बिभिन्न समस्याहरु आई पर्न सक्ने महिला प्रसुती तथा बिशेषज्ञ डा सुनीलमणी पोख्रेल बताउनु हुन्छ ।

    महिनावारी रोक्ने औषधीको प्रयोगले महिलाहरुमा बढि रगत बग्ने समयमा महिनावारी नहुने पेट दुख्ने लगाएतका समस्याहरु आईपर्न सक्ने प्रशुति रोग बिशेषज्ञ डाक्टरहरुको भनाई छ ।

    महिनावारी रोक्ने औषधीको प्रयोगले कहिले काहि महिनावारी गडवड भई बढि रगत बढ्न सक्ने प्रशुति बिशेषज्ञ डाक्टर केशवराज भुर्तेलको भनाई छ । यस्ता खालका औषधीको प्रयोग गरेका महिलाहरु बिभिन्न समस्या लिएर आफुकाहा आईरहेने फेरी प्रसुती तथा बिशेषज्ञ डा पोख्रेल बताउनु हुन्छ ।

    यो औषधि हर्मोनको चक्की हो र महिला महिनावारी हुुनु भनेको पनि हर्मोनको परिवर्तन नै हो । साधरण तथा यस्ताखालको हर्मोन बढाउने औषधी जुनसुकै औषधी पसलमा पनि बिक्रि बितरण गरेको पाईन्छ । हानिकारक हुने थाहा पाएर पनि महिलाहरुले यस्ता औषधी प्रयोग गरेको पाईन्छ ।

  • सम्बन्धित विषय:

  • # महिनावारी
  • # औषधि

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार