करेन्ट लागेर तीन जनाको मृत्यु

करेन्ट लागेर तीन जनाको मृत्यु

  • श्रावण २१, २०७८ बिहिवार
  • १३:२९:५७ बजे
  • 5.1K
    SHARES
  • करेन्ट लागेर तीन जनाको मृत्यु

    काठमाडौं : करेन्ट लागेर पोखरा र बैतडीमा गरी तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२५ मिलनचोक बस्ने ३४ वर्षीय मृगसिंह नेपालीको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको हो ।

    हेम्जा सापकोटा चोकस्थित निर्माणाधीन घरको पिल्लरको रड बुन्ने क्रममा फलामको रड विद्युतको हाईटेन्सन लाइनमा छोएर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । नेपालीको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


    यस्तै बैतडीको सुर्नया गाउँपालिका–५ स्वालीमा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । २१ वर्षीय सन्तोष चन्द र उनकै भाइ १८ वर्षीय अमृत चन्दको करेन्ट लागेर बुधबार राति मृत्यु भएको हो । मकैबारीमा जंगली बँदेलको लागि छोडिएको विद्युतको तारबाट करेन्ट लाग्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुवै घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # करेन्ट
  • # मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार