खोलाले बगाएर बेपत्ता

खोलाले बगाएर बेपत्ता

  • श्रावण २१, २०७८ बिहिवार
  • १९:०५:१८ बजे
  • 2.1K
    SHARES
  • खोलाले बगाएर बेपत्ता

    गोरखा : आरुघाट गाउँपालिका–१ मान्वुस्थित डुडुरे खोलाले बगाएर एक व्यक्ति वेपत्ता भएका छन् । गोरु किनेर घर फर्कदै गर्दा सोही श्याम्चेतका स्थानीय ४२ बर्षीय सानुकमल गुरुङलाई खोलाले वगाएको हो ।

    ‘एक हल गोरु किनेर गोरुधनी सँगै आफ्नो घर फर्कदै रहेछन्,’ डीएसपी प्रकाश दाहालले भने, ‘खोला तर्ने क्रममा गुरुङलाई बगाएछ ।’ गोरुधनी नरबहादुर गुरुङले छरछिमेक र निजका आफन्तलाई खबर गरेपछि प्रहरीलाई जानकारी भएको उनले बताए ।

    मान्वु प्रहरी चौकीबाट खटिएको प्रहरीले टोलीले स्थानीयको सहयोगमा वेपत्ता गुरुङको खोजी कार्य गरिरहेको डीएसपी दाहालले जानकारी दिए ।

     

  • सम्बन्धित विषय:

  • # खोला
  • # बगाएर बेपत्ता

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार