झोलुङ्गे पुल निर्माण भएपछि जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हट्यो

झोलुङ्गे पुल निर्माण भएपछि जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हट्यो

  • माघ १८, २०७७ आइतवार
  • २१:०६:४० बजे
  • 5.2K
    SHARES
  • झोलुङ्गे पुल निर्माण भएपछि जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हट्यो

    थम्मन थापा बागलुङ : जिल्लाको गलकोट नगरपालिका ७ मल्म स्थित बामीया आँगाखेत जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ ।

    पुल निर्माण भए सँगै स्थानीयलाई आवत जावत गर्न सहजता भएको छ । हुलुवा खोलामा ६९ मीटर लामो पुल बनेपछि दीपज्योति आधारभूत विद्यालय, गलकोट इंग्लिश सेकेण्डरी स्कुल जाने विद्यार्थी सहित बामिया र आँगाखेतका बासिन्दाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको पुल निर्माण समितिका अध्यक्ष रत्न बहादुर मल्लले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो त्यहाँ रहेको पुरानो पुल बर्खायाममा हूलुवा खोलामा आएको बाढीले बगाएपछि ओहोर दोहोर गर्न समस्या भएको थियो ।

    ३७ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण भएको उक्त पुल निर्माण कार्यमा स्थानियले ८० हजार रुपैयाँ बराबरको जनश्रमदान गरेको पुल निर्माण समितिका सचिव नर बहादुर थापा मगरले  बताउनुभयो ।

    २० टन भार क्षमताको उक्त पुल निर्माण गर्न सामाजिक तथा प्राविधिक    सहयोग बि वाई सी बागलुङले गरेको थियो । नवनिर्मित झोलुङ्गे पुलको कोषाध्यक्ष हुम कुमारी थापाले आय व्यय प्रस्तुत गर्नुभएको थियो ।

    हुलुवा खोलामा आएको बाढीले पुरानो पुल बगाएर लगेपछि दीपज्योति आधारभूत विद्यालयमा जान आउन शिक्षक विद्यार्थीलाई निकै समस्या भएकोमा पुल निर्माण भए सँगै सहजता भएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताउनुभयो ।

    कार्यक्रममा बोल्दै प्राविधिक नारायण प्रसाद डाँगीले विकासको पूर्वाधार मध्यको झोलुङ्गे पुल पनि समाजको महत्वपूर्ण सम्पति भएको हुँदा यसको संरक्षणमा समुदायको सक्रियता रहनु पर्ने उल्लेख गर्नुभयो ।

    कार्यक्रमको सञ्चालन झोलुङ्गे पुल निर्माण समितिका सदस्य टेकनाथ शर्मा गौतमले गर्नुभएको थियो । नेपाल सरकारको क्षेत्रगत कार्यक्रम अन्तर्गत उक्त  झोलुङ्गे पुल निर्माण गरिएको हो ।

  • सम्बन्धित विषय:

  • # झोलुङ्गे पुल
  • # खोला

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार