दाङ : दाङमा टिक–टक बनाउने क्रममा झोलुङ्गे पुलबाट लडेर एक जना गम्भीर घाइते भएका छन् ।
शनिबार दिउँसो सवा दुई बजेतिर बबई गाउँपालिका–५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झोलुङ्ग पुलमा टिक–टक बनाउने क्रममा लडेर तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा गम्भीर घाइते भएका हुन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गम्भीर घाइते थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकलमा रेफर गरिएको छ ।
उनको अवस्था अझैं पनि गम्भीर रहेको बताइएको छ । शनिबार रमाईलो गर्ने भन्दै २५र२६ जना साथी मिलेर पर्यटकीयस्थल पुरन्धारा झरनामा पिकनिक खान गएका थिए।
त्यहीँ समयमा थापाले टिकटक बनाउन भन्दै बबई नदी माथिको झुलुङ्गे पुलमा राखिएको सपोट तारमा झुण्डिएका थिए।
भिडियो हेर्नुहोस्