केपि कुमार जलनर, बागुलङ : यो समय मेला महोत्सबमा ब्यस्त रहने कलाकार स्टुडियो र प्रत्यक्ष लाईभ दोहोरीमा ब्यस्त छन ।
कोरोना कहरको बिच बढि मारमा परेका कलाकारलाई गित संगितले भने अछुतो रहन दिएन पनि चाहे लाईभ दोहोरी होस चाहे स्टुडियोमा रेकर्डदेखि म्युजिक भिडियो निर्माण गर्ने सम्मा किन नहोस कठिन अबस्थामा पनि दर्शकलाई मनोरञ्जन दिन पछि परेनन ।
खुकुलो कोरोना कहर संगै कलाकारले फुर्सदिलो समयमा निकै मिठा मिठा मनछुने गितहरू बजारमा ल्याएका छन । यसै क्रममा लोक तथा दोहोरी गायिका सुनितामी परियारले ढुङगा जस्तो मन बजारमा ल्याएकी छिन ।
जुन गित यतिबेला टिकटकमा सर्वाधिक रूचाईयको छ । आफ्नो मान्छे संग अर्केको रजाई हुदा कसले पो देख्न सक्छ र पछिल्लो समय यस्तै बिकरल समस्या हाम्रो समाजमा ब्याप्त रहेको छ ।
जब आफ्नो श्रीमती होस या श्रिमान अर्कै संग माया प्रेममा रमाउदा को पीडा एक आपसमा श्रिमान श्रिमतिको बिचको ब्यथालाई टपक्क टिपेर सर्जक रमेश बिजिले शब्द कोरेका छन भने जीवन परियारले संगित भरेका छन ।
यस गितमा गायिका सुनितामी परियार र सुमधुर आबजका धनी सागर आलेको आबज रहेको छ भने म्युजिक भिडियोमा चर्चित गायक मोडल प्रकाश सपूत ,सगुन शाही र संगिता परियारको मुख्य भुमिका रहेको छ ।
गितको म्युजिक भिडियो निर्देशन दुर्गा पौडेल र सम्पादन नवीन घर्ती मगरले गरेका छन भने सुनितामि परियार अफिसियल युटुब च्यानल बाट सार्बजानिक गरिएको छ ।