नारायणस्थानमा १० दिनका लागि कडा निशेधाज्ञा, अत्यावश्यक बाहेक सबै सेवा बन्द 

नारायणस्थानमा १० दिनका लागि कडा निशेधाज्ञा, अत्यावश्यक बाहेक सबै सेवा बन्द 

  • श्रावण २१, २०७८ बिहिवार
  • १९:१८:०४ बजे
  • 3.0K
    SHARES
  • नारायणस्थानमा १० दिनका लागि कडा निशेधाज्ञा, अत्यावश्यक बाहेक सबै सेवा बन्द 

    बागलुङ : जिल्ला प्रशासन कार्यालय बागलुङले जिल्लाको नारायणस्थानमा निशेधाज्ञा लागु गरेको छ । कोरोना संक्रमण बढेपछि बागलुङ नगरपालिकाले गरेको सिफारीसको आधारमा डिसीएमसीको बिहीबारको बैठकले बिहीबार राती १२ बजेदेखि साउन ३१ गते रातीसम्मका लागि नारायणस्थान क्षेत्रमा निशेधाज्ञा गरेको हो ।

     निशेधाज्ञाको समयमा अत्यावश्यक सेवा बाहेक अन्य सबै बन्द गर्न प्रशासनले निर्देशन दिएको छ । निशेधाज्ञाको समयमा अत्यावश्यक सेवा अन्तर्गत खाद्यान्न, तरकारी, दूध, औषधी तथा एम्बुलेन्स सेवा, कृषि तथा पशु उत्पादन मल बीउ लगायत स्वास्थ्य सेवा र विपद् व्यवस्थापन तथा अत्यावश्यक सवारी साधन बाहेक अन्य नीजि तथा सार्वजनिक यातायात दुई पांग्रे चार पाँग्रे र सम्बन्धित वडाका बजार क्षेत्र समेत बन्द गर्ने निर्देशन दिएको छ ।

     प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जारी गरेको निशेधाज्ञामा संघ संस्था बैंक तथा वित्तीय संस्था, सहकारी सेवा र वडा कार्यालयबाट समेत हाललाई सेवा बन्द गर्ने, अनावश्यक रुपमा घर बाहिर हिँडडुल नगर्ने, अत्यावश्यक कामका लागि घर बाहिर

    निस्कदा ननिस्कने घर बाहिर निस्कनै पर्ने काम भए अनिवार्य रुपमा मास्को प्रयोग गर्ने, दुई मिटरको भौतिक दुरी कायम गर्ने, पटक पटक साबुन पानीले हात हुने तथा स्यानिटाईजरको प्रयोग जस्ता जनस्वास्थ्य सम्बन्धी मापदण्डहरु पूरा गर्न भनिएको छ ।

     क्याम्पस विद्यालय होस्टेल समेत लगायत सबै प्रकारका शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्रहरु, पार्टी प्यालेस, फनपार्क, खेलकुदस्थल, जिमखाना, फिटनेश सेन्टर स्पा, ब्युटी पार्लर, शैलुन फुटपाथ, पसल घरदैलो गरेर विक्री गर्ने व्यवसाय, कवाडी संकलन लगायतका सेवा तथा स्थलहरु नखोल्ने तथा सञ्चालन नगर्ने नगराउने, कालिगण्डकी करिडोर तथा अन्य सडक मार्गमा चल्ने यातायात सेवा उक्त वडाहरुमा चढ्न र झर्न नपाउने गरी सञ्चालन हुनेछन् । 

    विवाह ब्रतवन्ध एवं संस्कारजन्य कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालना गर्ने गरी ७ जना भन्दा बढि व्यक्ति सहभागी हुन नपाउने आदेशमा उल्लेख गरिएको छ । आदेशको अवज्ञा गरी कार्य गरे गराईएको माईएमा स्थानीय प्रशासन ऐन २०२८, कोभिड—१९ संकट व्यवस्थापन अध्यादेश २०७८ एवं अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत प्रशासनले जनाएको छ । 

    Narayan sthan.jpg

    सम्बन्धित समाचार