नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानमा नयाँ नेतृत्व

नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानमा नयाँ नेतृत्व

  • माघ १७, २०७७ शनिवार
  • १०:३४:३९ बजे
  • 4.0K
    SHARES
  • नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानमा नयाँ नेतृत्व

    बागलुङ : जिल्लाको बलेवा नारायणस्थानमा सक्रिय नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानले नयाँ नेतृत्व पाएको छ ।

    प्रतिष्ठानको शुक्रबार समपन्न पाँचौ साधारणसभा तथा दोस्रो अधिवेसनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । कमल कुमार जिसीको अध्यक्षतामा प्रतिष्ठानको नयाँ कार्यसमिति चयन गरिएको छ ।

    समितिको उपाध्यक्षमा नरेश्वर शर्मा, सचिवमा विक्रम पौडेल, सहसचिवमा कृष्णप्रसाद पौडेल र कोषाध्यक्षमा रेखा भण्डारी श्रेष्ठ चयन भएका छन् ।

    सदस्यहरुमा भक्तबहादुर विक, जयनारायण अधिकारी, गणेश विक, योगेन्द्रराज पौडेल, जमुना श्रेष्ठ, अनिता खड्कालाई चयन गरिएको छ । ढुण्डीराज शर्माको संयोजकत्वमा टिकाबहादुर खत्री र स्वर्गेन्द्र खत्री सदस्य रहेको लेखा समिति समेत चयन गरेको बताईएको छ ।

    प्रतिष्ठानको साधारणसभा तथा अधिवेसन उद्घाटन गर्दै बागलुङ नगरपालिका—१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले सबैको साझा प्रयासबाट समाजको विकास र परिवर्तन सम्भव भएको बताए । कार्यक्रममा सल्लाहका आत्मराम शर्मा अग्नीले शुभकामना मन्तव्य राखेका थिए ।

    नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानका अध्यक्ष भरत बागलुङेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत स्वर्गेन्द्रबहादुर खत्री र सञ्चालन सचिव नारायण श्रेष्ठले गरेका थिए । 

  • सम्बन्धित विषय:

  • # नारायणस्थान
  • # नयाँ नेतृत्व

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार