मेस्सी पीएसजीमा जाने ‘लगभग निश्चित’, तलब कति ?

मेस्सी पीएसजीमा जाने ‘लगभग निश्चित’, तलब कति ?

  • श्रावण २३, २०७८ शनिवार
  • २०:०७:२७ बजे
  • 3.6K
    SHARES
  • मेस्सी पीएसजीमा जाने ‘लगभग निश्चित’, तलब कति ?

    काठमाडौं : २१ वर्षपछि स्पेनिस क्लव बार्सिलोनाबाट अलग भएका अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आवद्ध हुने लगभग निश्चित भएको छ । उनले केही साताभित्र सो क्लवसँग दुई वा तीन वर्षको सम्झौता गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    पीएसजीले मेस्सीलाई वार्षिक ४ करोड युरो (करबाहेक) तलव दिने छ, जुन सो क्लवका अर्का स्टार नेयमारको भन्दा ५० लाख युरो बढी हो । मेस्सीलाई यसअघि पीएसजीले नै योभन्दा अलि बढी रकमको प्रस्ताव गरेको थियो ।

    यद्यपि, अहिलेको प्रस्तावमा मेस्सी सन्तुष्ट नै रहेको समाचारमा जनाइएको छ । मेस्सीका बुवा तथा एजेन्ट जर्जले पीएसजीका प्रतिनिधिसँग चाँडै वार्तालाप गर्नेछन् । पीएसजी त्यही क्लव हो जसले २०२०÷२१ को च्याम्पिन्यस लिग जित्ने मेस्सीको सपना चकनाचुर पारेको थियो ।

    बार्सिलोनाबाट अलग्गिएपछि मेस्सी भोली पहिलोपटक पत्रकार सम्मेलनमा प्रस्तुत हुँदैछन् । त्यसमा उनले क्लवबाट अलग्गिनुपर्दाका पीडा साथै भावी योजनाका बारेमा पनि जानकारी दिन सक्ने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # मेस्सी
  • # पीएसजी
  • # तलब

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार