मेस्सीको बार्सिलोना र रोनाल्डोको युभेन्टसबीचको खेल आज

मेस्सीको बार्सिलोना र रोनाल्डोको युभेन्टसबीचको खेल आज

  • मंसिर २३, २०७७ मंगलवार
  • ०३:१८:१० बजे
  • 1.9K
    SHARES
  • मेस्सीको बार्सिलोना र रोनाल्डोको युभेन्टसबीचको खेल आज

    एजेन्सी : युरोपियन च्याम्पियन्स लिगमा आज (मंगलबार) राति बहुप्रतिक्षित दुई टोली युभेन्टस र बार्सिलोनाको खेल हुँदैछ ।

    इटालियन च्याम्पियन युभेन्टस र स्पेनिस जायन्ट बार्सिलोनाबीचको खेल स्टार खेलाडीद्वय लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको प्रतिष्ठाको लडाइँको रूपमा पनि हेरिएको छ ।

    पुराना प्रतिद्वन्द्वीसमेत रहेका यी दुईले दुई वर्षपछि पहिलोपटक एक–अर्काविरुद्ध खेल्न लागेका हुन् । बार्सिलोनाको मैदान क्याप नोउमा हुने समूह चरणको अन्तिम खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

    यस खेलको हार–जितले दुवै टोलीलाई कुनै फरक पार्दैन । किनकि, युभेन्टस र बार्सिलोना दुवैले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् ।

    अपराजित रहेको बार्सिलोना शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको हो भने युभेन्टस दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो ।

    समूह ‘जी’ मा बार्सिलोना १५ अंकसहित शीर्ष स्थानमा रहँदा युभेन्टस १२ अंकसहित दोस्रो स्थानमा छ । यस खेलमा युभेन्टस बार्सिलोनाविरुद्ध हारको बदला लिने दाउमा हुनेछ ।

    यसअघि बार्सिलोनाले युभेन्टसलाई उसैको मैदानमा २–० गोलले हराएको थियो । बार्सिलोना भने युभेन्टसविरुद्ध लगातार जित निकाल्ने दाउमा छ ।

  • सम्बन्धित विषय:

  • # मेस्सी
  • # रोनाल्डो

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार