ट्याङ्करको ठक्करबाट वृद्धाको मृत्यु

ट्याङ्करको ठक्करबाट वृद्धाको मृत्यु

  • श्रावण २४, २०७८ आइतवार
  • १२:०९:१४ बजे
  • 4.4K
    SHARES
  • ट्याङ्करको ठक्करबाट वृद्धाको मृत्यु
    फाइल तस्बिर

    सप्तरी : सप्तरीमा ट्याङ्करले ठक्कर दिंदा बाराकी एक जना वृद्धाको मृत्यु भएको छ ।

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका–६ कठौनामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ ख २४४१ नम्बरको ट्याङ्करले ठक्कर दिंदा बाराको कोतबाल गाउँपालिका ३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


    ठक्करले गम्भीर घाइते भएकी उनलाई उपचारका लागि युनिक अस्पताल रायपुर लगिए पनि चिकित्सकले मृत घोषणा गरेको सप्तरी प्रहरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

    गिरी गाउँका व्यक्तिसहित सुनसरीको चतराबाट दर्शन गरी ना४ख २८०० नम्बरको बसमा फर्किरहेको बेला कठौनामा शनिबार राति ८ बजे खाजा खान रोकिएको थियो । बस रोकिएपछि ओर्लेर बाटो काट्ने क्रममा ट्याङ्करले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

    चालकलाई ट्याङ्करसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ट्याङ्कर
  • # वृद्धाको मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार