तमानखोला—२ भरबोङघामा गाउँघर क्लिनिक सञ्चालन

तमानखोला—२ भरबोङघामा गाउँघर क्लिनिक सञ्चालन

  • पौष ९, २०७७ बिहिवार
  • २०:०४:४५ बजे
  • 6.0K
    SHARES
  • तमानखोला—२ भरबोङघामा गाउँघर क्लिनिक सञ्चालन

    बागलुङ : जिल्लाको

    तमानखोला गाउँपालिका—२ मा गाउँघर क्लिनिक सञ्चालनमा आएको छ ।

    स्थानीको

    स्वास्थ्य क्षेत्रमा पहुँच बढाउनका लागि तमानखोला—२ को भरबोङ्घामा गाउँघर क्लिनिक सञ्चालनमा ल्याएईएको हो ।

     गाउँपालिका अध्यक्ष जोकलाल बुढाले उक्त गाउँघर क्लिनिक बिहीबार उद्घाटन गरेका छन् ।

     क्लिनिकको उद्घाटन गर्दै तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले दुर्गम गाउँका जनतालाई आफ्नै गाउँमा स्वास्थ्य सेवाको पहुँच पु-याउनका लागि क्लिनिक सञ्चालनमा ल्याएको बताए ।

     ‘दुर्गम ठाउँका नागरिकलाई सहज स्वास्थ्य सेवा पु-याउन सकियोस् भनेर हामीले निकै मेहनत गरेका छौं,’ उनले भने,‘नागरिकको स्वास्थ्यको रक्षा गर्नु हाम्रो दायित्व हो र यसमा हामी जिम्मेवार छौं ।’

    उक्त क्लिनिकबाट डेढ सय घरधुरी स्थानीयले स्वास्थ्य सेवा पाउनेछन् । प्रत्येक महिनाको ९ गते स्वास्थ्य सेवा उपलब्ध गराईनेछ ।

    बोङ्गादोभान स्वास्थ्यचौकीबाट प्रदान गरिने सबै सेवा गाउँघर क्लिनिकबाट प्रदान गरिने बताईएको छ ।

     तमानखोला गाउँपालिका—२ का वडाध्यक्ष मिनबहादुर घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तमानखोला गाउँकार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास लम्साल, बोङ्गादोभान आधारभूत अस्पतालका डा.

    दिलीप जोशी, तमानखोला गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर छन्त्याल लगायतले बोलेका थिए ।

     कार्यक्रम स्वास्थ्यकर्मी तारा घतीृको स्वागत र होमबहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो । क्लिनिकमा बोङ्गादोभान स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परामर्श, गर्भवती चेकजाँच, दुई वर्ष भित्रको बालबालिकाको चेकजाँच गरिने 

    बोङ्गादोभान स्वास्थ्यचौकी प्रमुख होम

    बहादुर घर्ती मगरले बताए । 

  • सम्बन्धित विषय:

  • # भरबोङघामा
  • # गाउँघर क्लिनिक

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार