तमानखोला १ स्याउलामा गाउँघर क्लिनिक संचालनमा 

तमानखोला १ स्याउलामा गाउँघर क्लिनिक संचालनमा 

  • पौष ८, २०७७ बुधवार
  • ०९:५३:०९ बजे
  • 5.6K
    SHARES
  • तमानखोला १ स्याउलामा गाउँघर क्लिनिक संचालनमा 

    छबिलाल पाण्डे, बागलुङ : तमानखोला गाउँपालिका वडा नम्बर १ मा गाउँघर क्लिनिकको उद्घाटन गरिएको छ । 

    तमानखोला गाउँपालिका वडा नम्बर १ स्याउला र हिजाका करिब २०० घरधुरीलाई लक्षित गरी खोलिएको क्लिनिकको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले उद्घाटन गरेका हुन् ।

    अध्यक्ष बुढा मगरले उद्घाटनपछि बोल्दै गाउँपालिकाले जनातको आवश्यकतालाई मध्यनजर गर्दै स्वास्थ्य सेवाको पहुँचको बिस्तार गरि रहेको बताए । 

    स्वास्थ्य क्षेत्रको विकासमा निरन्तर अगाडी बढिरहेको भन्दै पछिल्ला वर्षमा गाउँपालिकाका नागरिकले आफ्नै घर नजिकैको स्वास्थ्य संस्थाबाट सहज रुपमा सेवा पाइरहेको र स्वास्थ्य क्षेत्रको क्रमिक विकास गर्दे जाने बताए ।

    कार्यक्रममा तमानखोला गाउँकार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास लम्साल, बोङ्गादोभान आधारभुत अस्पतालका डा. दिलिप जोशी, तमानखोला गाउँपालिकाका स्वास्थ्य संयोजक तिल बहादुर छन्त्याल,

    वडा सदस्य दिल बहादुर कामी, मोटी कामी बुद्ध आधारभुत विद्यालयका प्रधानध्यापक नन्द बहादुर घर्ती लगाएतको सहभागिता रहेको थियो । 

    कार्यक्रमले हिजा र स्याउलाका करिब २०० घरधुरीलाई लक्षित गरी प्रत्येक महिनाको ७ गते बोङ्गादोभान स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीद्वारा स्वास्थ्य परामर्शसँगै गर्भवती महिलालाई चेकजाच गर्ने, दुई वर्ष भित्रका बच्चाको तौल चेकजाच गरिने बोङ्गादोभान स्वास्थ्य चौकि प्रमुख होम बहादुर घर्ती मगरले जानकारी दिए ।  

    कार्यक्रम तमानखोला गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष थम बहादुर रोकाको अध्यक्षता र बोङ्गादोभान स्वास्थ्य चौकी प्रमुख होम बहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • सम्बन्धित विषय:

  • # गाउँघर क्लिनिक
  • # तमानखोला

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार