विकासमा फड्काे

यसरी बदल्दै छ तमानखोलाले दुर्गमको परिचय

यसरी बदल्दै छ तमानखोलाले दुर्गमको परिचय

  • माघ २६, २०७७ सोमवार
  • २०:३९:०६ बजे
  • 6.8K
    SHARES
  • यसरी बदल्दै छ तमानखोलाले दुर्गमको परिचय

    बुर्तिबाङ : जिल्लाकै दुर्गम मानिएको तमानखोला गाउँपालिका समृद्ध पालिका बनाउने अभियानमा जुटेको छ ।  जनप्रतिनिधले चुनावी बाचासहित जनतासँग प्रत्यक्ष जोडिएका विकासका योजनाहरुलाई प्राथमिकताका साथ अगाडी बढाइएको छ ।  

    स्थानीत तह हुनुभन्दा अगाडी दुर्गम क्षेत्र भएकै कारण कसैको नजर नपर्ने उक्त पालिकामा अहिलेबेला सबै वडामा सडक सञ्जाल जोडिएको छ । विकासको महत्वपूर्ण आधार मध्यको एक सडक भएका कारण आफुलहरुले प्राथमिकताका साथ योजना छनौट गरेर सबै वडामा सडक पु¥याइएको गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताए । 

    अब केहि बस्तीमा मात्र सडक पुग्न बाँकी रहेका कारण चाँडै सडक सञ्जालले जोडिने अध्यक्ष बुढा मगरको भनाई छ । सडक नपुग्दा खुखानी, नर्जाखानी, लगाएत गाउँबाट दिनभर हिँडेर बुर्तिबाङ पुग्नु पथ्र्यो । गाउँमा कोहि बिरामी पर्दा डोकोमा बोकेर भरिया लगाएर गाउँलेले उपचार गर्न बुर्तिबाङसम्म ल्याउन बाध्य हुन्थे तर अहिले वडा–वडामा स्वास्थ्य सेवाको सहज पहुँच पुगेको छ । 

    स्थानीय तह गठन भईसकेपछि गाउँ–गाउँमा सडक आएको भन्दै पहिले एक दिनमा पुग्ने बुर्तिबाङ बजार अहिले एकैछिनमा पुग्न सकिने वडा नम्बर ४ का तुलबहादुर छन्त्यालले बताए । शिक्षा क्षेत्रमापछि परेको गाउँपालिकाले प्राथमिकता दिएर चुहिने विद्यालयलाई पक्कि विद्यालयको रुपमा स्तर उन्नती गर्दै आएको अध्यक्ष बुढा मगर बताउँछन् । १२ वर्षकै उमेरमा हुने बाल विवाहलाई पनि गाउँपालिकाले अन्त्य गरेको उनको भनाई छ । 

    सचेतना मुलक कार्यक्रम मार्फत बावविवाह रोकथाममा वडा नम्बर २ का अध्यक्ष अध्यक्ष मिनबहादुर घर्तीले बताए । विद्यालय सुधार कार्यक्रम तर्फ शान्ति मावि, भगवती प्रावि, हिले प्रा.वि, विद्यासागर प्राविको भौतिक पूर्वाधार सुधार भइसकेको छ । गाउँपालिकाले ८ कोठे भवन बनाउनुका साथै धनगौज्वती माध्यमिक विद्यालयमा ९ कोठे पक्कि भवन निर्माणको अन्तिम चरणमा रहेको बताइएको । 

    हिले प्रावि, सरस्वती आवि, दिल्ली प्राविको ४ कोठा पक्कि भवन बनेको छ । यो लगाएत गाउँपालिकाले प्रत्येक वडामा रहेका विद्यालयहरुको भौतिक संरचना निर्माण गरेको र खानेपानी, व्यवस्थित शौचालय समेत निर्माण गरेको गाउँपालिकाले जनाएको छ ।

    त्यसैगरी विद्यालय पूर्वाधार तर्फ मालिका प्राविको दुई कोठा भएको पक्कि भवन सम्पन्न भएको र मंगला आधारभुत विद्यालयको २ कोठे भवन निर्माण चरणमा रहेको जनाइएको छ । स्थानीय समुदायले आफ्नो पेट भोको राखेर भए पनि विद्यालयलाई चन्दा दिएर धेरै शिक्षकको तलव व्यवस्थापन गर्नु पर्ने बाध्यताको समेत गाउँपालिकाले अन्त्य गराउँदै कम्प्युटर शिक्षा लगाएत विभिन्न शैक्षिक कार्यक्रमलाई अगाडी बढाइरहेको पाइएको छ ।

    शिक्षा क्षेत्रको सुधार गर्न सकेमात्र चेतनाको विकास र समग्र गाउँपालिकाले खोजेको समृद्धि ल्याउन सकिने उद्देश्य स्वरुप शिक्षा क्षेत्रमा गाउँपालिकाले प्राथमिकताका साथ लगानी गरिरहेको अध्यक्ष बुढाले बताए । उनले रहेक विद्यालयलाई व्यस्थि तगर्न गाउँपालिकाले योजना बनाएरै लागेको बताए ।

    स्वास्थ्य क्षेत्र
    सामान्य बिरामी पर्दा समेत बुर्तिबाङ आउनु पर्ने तमानखोलावासीको बाध्यता हिले हटदै गएको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरिरहेको लगानीका कारण त्यहाँका नागरीकलाई निकै सहज भएको छ । स्थानीय तह आउनु अगाडी ३ वटा स्वास्थय संस्थाबाट सेवा पाइरहेको नागरीकले अहिले गाउँ–गाउँबाट सेवा लिइ रहेका छन् ।

    गाउँपालिकाले टोल टोलमा स्वास्थ्य इकाई स्थापना गरीएपछि गर्भवती सुत्केरी, बालबच्चा, जेष्ठ नागरीक तथा असहाय गरीव विपन्न वर्गले गाउँका स्वास्थ्य सस्थावाट सेवा लिइरहेको गाउँपालिकाले जनाएको छ । कोभिड १९ को चुनौतीलाई सहज रुपमा पार लगाएको गाउँपालिकामा पछिल्लो समय एमविविएस डा. व्यवस्थापन गरेर विभिन्न प्रकारमा स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । 

    गाउँपालिकामा ग्रामीण स्वास्थ्य सुधार परियोजनाले समेत राम्रो सहयोग गरिरहेको छ । दुर्गम गाउँमा रहेका स्वास्थ्य संस्थामा ल्याव सेवा, गर्भवती सेवा,३ स्वास्थ्य संस्थामा वर्थिङ सेन्टर व्यवस्थापन सँगै  स्वास्थ्य इकाई व्यवस्थापन र सचेतना मुलक कार्यक्रम गरिरहेको छ ।

    पालिकामा नेपाल सरकार मार्फत देशभर बन्न लागेका हस्पिटल अन्र्तगत यस गाउँपालिकामा पाँच शैयाका हस्पिटलको शिलान्यास गरिएको छ । बोङगादोभान स्वास्थ्य चौकी मार्फत हाल त्यहाँका जनताले स्वास्थ्य सुविद्या लिइरहेका छन् ।

    वडा नम्बरको ५ खुंखानीमा संघ सरकार मार्फत स्वास्थ्य चौकी बन्ने तयारीमा रहेको र जग्गा व्यवस्थापनको काम भइरहेको अध्यक्ष बुढा मगरले बताए । वडा नम्बर ६ नर्जा गाउँमा स्वास्थ्य इकाई र लाम्मेलामा सामुदायिक स्वास्थ्य इकाई निर्माणका निम्ती जग्गा व्यवस्थापन प्रक्रिया अगाडी बढिरहेको उनको भनाई छ । 

    गाउँपालिकाको प्रशाशनिक भवन
    हाल बोङगादोभान स्वास्थ्य चौकी रहेको भवनबाट सेवा दिइरहेको गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गरिरहेको छ । यस आर्थिक वर्षमा सक्ने गरित दुई तलाको पक्कि भवन निर्माण भइरहेको हो । कुल भ्याट बाहेक ८६ लाख लागतमा बन्न लागेको उक्त भवन तालिम हल सहित बन्दै छ । 

    दुई तला सहित तेश्रो तलामा ट्रष्ट रहने छ । भवन वनेमा सेवा प्रवाहमा थप सहज हुने स्थानीय भनाई छ । वडा कार्यालयका भवनहरु पनि  निर्माण अगाडी बढिरहेको उपाध्यक्ष मानसरी शेरचनले बताइन् । कुनै वडा साविकको गाविस भवन तथा कुनै भाडाका भवनबाट सञ्चालनमा रहेकोमा अव आफ्नै भवनबाट संचालन हुने उनको भनाई छ ।

    वडा नम्बर ५ मा गाउँपालिकाको बजेट मार्फत भवन निर्माण चरणमा रहेको र अन्य वडाको क्रमश भवन निर्माण हुँदै जाने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विकास लम्सालले बताए । वडा नम्बर  १ र २ को कार्यालय बोङगादोभान बजारमा भाडाको घरबाट सञ्चालित छन् ।

    वडा नम्बर ३ को कार्यालय स्वास्थ चौकी भवनमा र वडा नम्बर ६ को कार्यालय आमा समुहको भवनबाट सञ्चालित छ । वडा नम्बर ४ मा जग्गा व्यवस्थापन नभएको हुँदा आगामी वर्षहरुमा क्रमश आफ्नै भवन निर्माण गर्ने लक्ष्य लिइएको लम्सालले बताए । 

    खानेपानी 
    एकघर एक धारा अभियान सहित खानेपानी व्यवस्थापनमा जुटेको गाउँपालिकाले हालसम्म ६० प्रतिशत घरधुरीमा स्वच्छ खानेपानीको पहुँच पु¥याएको छ । गाउँपालिकासँगै विभिन्न संघसंस्थाको सहयोगमा खानेपानीको काम भइरहेको र चाँडै सबै घरधुरीमा खानेपानीको पहुँच पुर्याउने लक्ष्य लिइएको अध्यक्ष जोकलाल बुढाको भनाई छ । 

    “दुध मासु अण्डामा स्वस्थ्यता, तमानखोलाको प्रतिवद्धता” भन्ने उदेश्य सहित कृषिमा समेत विभिन्न सम्भावना मुलक कार्यक्रम लिएको गाउँपालिकाले व्यवसायिक कृषि, उद्योग, पेशा व्यवसायमा लाग्नेहरुका निम्ती अनुदान तथा तालिम मुलक कार्यक्रम लिइएको उनको भनाई छ ।

    पर्यटन, जडिवुटि, खनिज जस्ता आम्दानी मुलक क्षेत्रलाई समेत दिर्घकालीन योजनाका साथ कार्यक्रम लिइएको गाउँपालिका अध्यक्ष बुढा मगरले बताए । विभिन्न सुचकहरुलाई आधार मानेर जनताको आवश्यकताका आधारमा अल्पकाली र दिर्घकालीन योजना लिएर गाउँपालिकाले काम गरीरहेको उनको भनाई छ ।

    चुनावमा गरिएका प्रतिवद्धता मध्ये केहि काम भइरहेको र अझै गर्न बाँकी रहेको उनको भनाई छ । तत्काल धेरै काम गर्न कठिन भए पनि त्यसको आधार खडा गरेर दिर्घकालीन रुपमा अगाडी बढ्न सक्ने गरि काम गरिएको भन्दै समृद्ध तमानखोला अभियानले सार्थकता पाउने अध्यक्ष बुढाले बताए ।

  • सम्बन्धित विषय:

  • # तमानखोला

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार