बाढीले बगाउँदा आमा–छोराको मृत्यु

बाढीले बगाउँदा आमा–छोराको मृत्यु

  • श्रावण २५, २०७८ सोमवार
  • २०:०१:३९ बजे
  • 3.0K
    SHARES
  • बाढीले बगाउँदा आमा–छोराको मृत्यु

     दाङ : दाङको ग्वार खोलाले बगाउँदा आमा–छोराको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–४ सिम्लेनीकी ३५ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

    दिउँसो २ बजेतिर सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनी घाट तर्ने क्रममा खोलाले बगाएर दुवै जनाको मृत्यु भएको हो । उनीहरुको शव दुई किलोमिटर तल भेटिएको प्रहरी नायब उपरीक्षक रिजालले बताए । रासस

    सम्बन्धित समाचार