भजन किर्तन गर्दा गर्दै करेन्ट लागेर दुई जनाको मृत्यु

भजन किर्तन गर्दा गर्दै करेन्ट लागेर दुई जनाको मृत्यु

  • श्रावण २७, २०७८ बुधवार
  • १३:२१:०० बजे
  • 4.5K
    SHARES
  • भजन किर्तन गर्दा गर्दै करेन्ट लागेर दुई जनाको मृत्यु
    फाइल तस्बिर

    जनकपुरधाम : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका– ३ मा भजन कृतन गरिरहेका दुई जनाको करेन्ट लागेर मृत्यू भएको छ ।


    मृत्यू हुनेमा लक्ष्मीनिया गाउपालिका– ३ का बिन्दा दास र सोही ठाउका मनिराम यादव छन् । दुबै जना ४०÷५० बर्ष उमेर समूहका छन् ।

    क्षिरेश्वरनाथका बुलन यादवले घरमा भजन कृतन कार्यक्रम आयोजना गरेका थिए । भजन गरिरहेकै क्रममा माइकमा करेन्ट प्रवाह भएपछि उनीहरु दुबै जनाको घटनास्थलमै मृत्यू भएको हो ।


    अहिले मृतक दुबै जनालाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।

  • सम्बन्धित विषय:

  • # मृत्यु
  • # करेन्ट
  • # भजन किर्तन

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार