श्रीमानद्वारा श्रीमतीको हत्या

श्रीमानद्वारा श्रीमतीको हत्या

  • श्रावण २८, २०७८ बिहिवार
  • १२:३६:१८ बजे
  • 2.4K
    SHARES
  • श्रीमानद्वारा श्रीमतीको हत्या

    काठमाडौं : काठमाडौंको गुहेश्वरीमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

    मकवानपुरको हेटौंडा घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले २३ वर्षकी श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । रञ्जना ६ महिनाकी गभर्वती थिइन् ।


    हत्यापछि उनी आफैंले प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरेर आफूले श्रीमतीको हत्या गरेको जानकारी दिएका थिए । उनले फोन गरेपछि प्रहरी टोली पुग्दा कोठाभित्र चुकुल लगाएर बसेको अवस्थामा अभियुक्त र ओछ्यानमा रन्जनाको शव भेटिएको थियो ।

    श्रीमतीसँग बिवाद हुँदा आफूले घाँटी थिचेर हत्या गरेको भनेर श्रेष्ठले स्वीकारेको प्रहरीले जनाएको छ ।

    गौशाला प्रहरीका डिएसपी केशव भट्टराईले घटनाको पुष्टि गर्दै अनुसन्धान भइरहेको जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # श्रीमती
  • # श्रीमान
  • # हत्या

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार