भागेकी श्रीमती फर्काईदिन माग गर्दै ८ घण्टासम्म रुखमा चढेर धर्ना

भागेकी श्रीमती फर्काईदिन माग गर्दै ८ घण्टासम्म रुखमा चढेर धर्ना

  • पौष १८, २०७७ शनिवार
  • ०७:३४:५५ बजे
  • 3.9K
    SHARES
  • भागेकी श्रीमती फर्काईदिन माग गर्दै ८ घण्टासम्म रुखमा चढेर धर्ना

    भारतको कर्नाटकास्थित एक गाउँमा अनौठो घटना भएको छ । 

    पत्नीलाई घर फर्काउन र पारिवारिक पुनर्मिलन गराउन माग गर्दै ४० वर्षका ती व्यक्ति नरिवलको रुखमा चढेर ८ घण्टासम्म टुप्पोमा बसिरहे ।

    दसोबनाहल्ली गोल्लाराहात्ती नामक उक्त गाउँमा भएको सो घटनाका कारण गाउँलेहरु समेत अचम्ममा परेका छन् ।

     परिवारमा भैरहने झगडाका कारण ती पुरुषकी श्रीमती पाँच वर्ष अगाडि घर छाडेर हिँडेकी थिइन् ।


    डोडाप्पा नामका ती व्यक्ति माइती गएर बसेकी श्रीमतीलाई घर फर्काइदिन माग गर्दै गत मंगलबार दिउसो ३ बजेतिर नरिवलको रुखमा चढेका थिए ।

    गाउँलेहरुले आफ्नो घरेलु झगडा मिलाइदिन नसकेको र पत्नीलाई फर्काइदिन नसकेको भन्दै उनले गाउँलेहरुलाई सराप्दै रुखमा बसिरहे र तल र्झन भन्दा मानेनन् ।

    पत्नी नहुँदा पछिल्ला वर्षहरुमा आफुलाई परिवार तथा ३ वटा छोराहरुको हेरचाह गर्न अप्ठेरो परिरहेको उनको जिकिर छ ।

    डोडप्पा रुखमा चढेर तल नझर्ने ढिपी कसेपछि गाउँले र उनका छोराहरु ८ घण्टासम्म तल कुरेर बसिरहे । उनीहरुले डोडप्पलाई तल र्झन अनुरोध गर्दै मनाउने प्रयास गरिरहे ।

    तर डोडप्पाले भने श्रीमती नफर्किउन्जेल आफु रुखबाट नओर्लिन ढिपी कसिरहे ।

    त्यसपछि गाउँलेहरुले प्रहरीलाई खबर गरे । खबर पाउनासाथ प्रहरी घटनास्थल पुग्यो । श्रीमतीलाई माइतीबाट फर्काइदिने आश्वासन प्रहरीले दियो । 

    रातको ११ बजे जब प्रहरीले माइतीमा बसेकी उनकी पत्नीलाई त्यहाँ ल्याउन सफल भयो । अनिमात्र डोडप्पा रुखबाट तल ओर्लिए ।

    गाउँलेहरुका अनुसार डोडप्पाले दोश्रो बिहे गरेका रहेछन् र पछिल्लोपटक भागेकी पत्नी उनको दोश्रो पत्नी हुन् ।

    डोडप्पा रुखबाट ओर्लिएसँगै दुईजनाबीच गाउँले भद्र भलादमीको समन्वयमा पती पत्नीबीच मेलमिलाप गराइएको छ र माइतीबाट फर्किएकी 

    डोडप्पाकी पत्नी उनको घरमै बस्न राजी भएकी छिन् । एजेन्सी

     

  • सम्बन्धित विषय:

  • # श्रीमती
  • # रुखमा–चढेर–धर्ना

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार