चट्याङ लागेर घाइते भएका बालकको मृत्यु

चट्याङ लागेर घाइते भएका बालकको मृत्यु

  • श्रावण २८, २०७८ बिहिवार
  • १२:४९:४६ बजे
  • 2.2K
    SHARES
  • चट्याङ लागेर घाइते भएका बालकको मृत्यु

    गुल्मी : गुल्मीमा चट्याङ लागेर घाइते भएका एक जना बालकको मृत्यु भएको छ ।

    इस्मा गाउँपालिका–४ का ११ वर्षका राहुल गन्धर्वको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी)पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।


    चट्याङ लागेर अरु तीन जना गम्भीर घाइते भएका छन् । घाइते ३९ वर्षका रामबहादुर गन्धर्व, २४ वर्षकी रुपा नेपाली र ११ वर्षका किस्मत नेपालीको गुल्मी अस्पतालमा उपचारपछि थप उपचारको लागि पाल्पा पठाएको डीएसपी बताए ।

    चट्याङ लागेर सामान्य घाइते भएका अन्य ३ जना भने स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घर फर्किसकेका छन् ।

    बुधबार बेलुकी परेको चट्याङबाट स्थानीय नारायण बस्नेतका ३ वटा बाख्रा पनि मरेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # चट्याङ
  • # बालकको मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार