डोटी : स्कार्पियोको ठक्करबाट डोटीमा एक जनाको मृत्युु भएको छ ।
शिखर नगरपालिका वडा नम्बर ६ कोटगाउँमा स्कार्पियोको ठक्करबाट मोहन बलायरका ६ वर्षीय छोरा गौरब बलायरको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
धनगढी तर्फ जाने गरेको से १ च १००९ नम्बरको स्कार्पियोको ठक्करले गम्भीर घाइते भएका गौरबको उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजादै गर्दाबाटो मै मृत्यु भएको हो ।
चालक महादेबगिरि र गाडीलाई जिल्ला प्रहरी कार्यालय डोटीमा नियन्त्रण राखिएको छ ।