एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

  • श्रावण ३०, २०७८ शनिवार
  • १६:२१:५९ बजे
  • 2.0K
    SHARES
  • एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु
    फाइल तस्बिर

    रोल्पा : रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

    स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।

     

    माडी गाउँपालिकाका–२ मा आज शनिबार बिहान करिब ४ बजेतिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए ।

    भैरहवाबाट कोर्चाबाङ शव पु¥याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी–२ खोलबाङमा दुर्घटना भएको हो ।

    दुर्घटनामा एक जना घाइते भएका छन् । एम्बुलेन्स सडकबाट झण्डै ७०० मिटर तल खसेको थियो । रासस

     

  • सम्बन्धित विषय:

  • # एम्बुलेन्स
  • # मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार