विमानस्थलमा गोली चल्दा तीन जनाको मृत्यु

विमानस्थलमा गोली चल्दा तीन जनाको मृत्यु

  • श्रावण ३२, २०७८ सोमवार
  • १४:५२:५१ बजे
  • 4.8K
    SHARES
  • विमानस्थलमा गोली चल्दा तीन जनाको मृत्यु

    काठमाडौं : अफगानिस्तानको काबुल विमानस्थलमा सोमबार गोली चल्दा तीन जनाको मृत्यु भएको छ । अमेरिकी समाचारपत्र वाल स्ट्रिटले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै विमानस्थलको प्यासेन्जर टर्मिनलमा तीन जनाको मृत्यु भएको जनाएको छ ।

    यद्यपि उनीहरुलाई कसले चलाएको गोली लागेको हो भन्ने समाचारमा उल्लेख छैन । यसअघि विमानस्थलमा भीड बढेसँगै नियन्त्रणका लागि अमेरिकी सेनाले पनि गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । अहिले अमेरिकी सेनाले काबुलको विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको छ ।

     


    त्यस्तै विमानस्थलको सबै व्यावसायिक उडान रद्द गरिएको छ भने सैन्य उडान मात्र सञ्चालन गरिएको छ । एजेन्सीहरुको सहयोगमा

  • सम्बन्धित विषय:

  • # विमानस्थल
  • # गोली चल्दा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार