बागलुङ : नेकपा माओवादी केन्द्रले गलकोट नगरपालिकामा संगठन विस्तार, सुदृढिकरणको कार्यक्रमलाई तीव्रता दिएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता भएको करिब दुई वर्षमा पार्टी पुनः विभाजित भएपछि माओवादी केन्द्रले संगठनलाई बलियो, व्यवस्थित र प्रभावकारी बनाउन संगठन विस्तार गर्ने, देशमा भइरहेको केपी ओली प्रवृत्तिको अन्त्य गर्दै देशमा समृद्धी र सुशासनका निम्ति प्रदेश र स्थानीय तहसम्मका अराजकता र गलत क्रियाकलापको भण्डाफोर गर्दै प्रतिगमनकारी शक्तिलाई परास्त गर्न उक्त कार्य अगाडी बढाईएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गलकोट नगर ईन्चार्ज फमलाल निउरेले जानकारी दिए ।
केन्द्रमा विभिन्न दलबीच निर्माण भएको गठबन्धनलाई स्थानीय तहसम्म एकतावद्व गर्दै सरकारका कामको जनता सामु प्रचार
प्रसार गर्ने, जनताका समस्या, विकास निर्माणलाई प्राथमिकतामा राख्ने, राष्ट्रियता, स्वाधिनता, संविधानको रक्षा र लामो संघर्ष पश्चात प्राप्त उपलब्धीहरु संस्थागत गर्न कार्यक्रम अगाडि बढाइएको नेकपा माओवादी केन्द्रका गलकोट नगर समितिका अध्यक्ष ललित श्रीसले बताए ।
संगठन विस्तार सुदृढीकरण कार्यक्रम अन्तरगत गलकोट नगरपालिका वडा नम्बर १ मा बम बहादुर गुरुङ अध्यक्ष, तेजेन्द्र शर्मा सचिव रहेको ११ सदस्यीय समिति गठन गरिएको छ ।
वडा नम्बर २ मा २ मा मनोज पुन अध्यक्ष, रामबहादुर कुँवर सचिव रहेको २७ सदस्यीय समिति, वडा नम्बर ३ मा चित्र साहानी अध्यक्ष, श्याम सुन्दर श्रेष्ठ सचिव रहेको २९ सदस्यीय समिति निर्माण गरिएको छ ।
वडा नम्बर ४ मा दल बहादुर खडका अध्यक्ष, हरि बहादुर खत्री सचिव रहेको २५ सदस्यीय समिति, वडा नम्बर ५ मा कृपा राना अध्यक्ष, सचिन शर्मा निउरे सचिव रहेको १९ सदस्यीय समिति, वडा नम्बर ६ मा मेघराज रेग्मी अध्यक्ष, तारा श्रीस सचिव रहेको २५ सदस्यीय समिति, वडा नम्बर ७ मा ललित मरासिनी अध्यक्ष, रुद्रबहादुर केसी सचिव रहेको २३ सदस्यीय समिति बनाईएको छ ।
वडा नम्बर ८ मा आत्मराम शर्मा अध्यक्ष, डम्मर सलामी सचिव रहेको १९ सदस्यीय समिति, वडा नम्बर ९ मा छम बहादुर राना
अध्यक्ष, मित्रलाल गौतम सचिव रहेको २१ सदस्यीय समिति, वडा नमबर १० मा छम बहादुर काउचा अध्यक्ष, विष्णु काउचा सचिव रहेको १३ सदस्यीय समिति र वडा नम्बर ११ मा नर बहादुर घर्ती अध्यक्ष, भक्त बहादुर श्रीस सचिव रहेको २५ सदस्यीय वडा समिती गठन गरिएको नेकपा माओवादी केन्द्र गलकोट नगर समितिले जनाएको छ ।
सो अवसरमा नगरका विभिन्न वडामा नेकपा माओवादी केन्द्रका नेता फमलाल निउरे, ललित श्रीस, गंगा भुजेल, राज बहादुर
थापा, पदम सलामी, डिल बहादुर परियार, खिम साहानी, चन्द्रदत्त रेग्मी, गुमानसिंह बुढाथोकी लगायतको विशेष उपस्थिती रहेको थियो । गलकोट नगरपालिकामा नेकपा माओवादी केन्द्रले संगठन सुदृढिकरण, संगठन विस्तारको कार्य साउन २७ गत देखि शुभारम्भ गरेको थियो ।
माओवादी केन्द्रको नीति अनुरुप नव गठित समिति मार्फत पार्टीले नगरका सम्पूर्ण वडामा टोल कमिटी र सेल कमिटी पनि छिट्टै गठन गर्ने योजना तय गरेको नेकपा माओवादी केन्द्र गलकोट नगर समिति सदस्य छुम बहादुर थापाले जानकारी दिए ।