बुर्तिबाङ : नेकपा माओबादी केन्द्रले ढोरपाटन नगरपालिकाका विभिन्न वडामा सँगठन विस्तर, प्रशिक्षण एवं अगुवा कार्यक्रता भेला अगाडि बढाएको छ ।
स्थानीय तहलाई लक्षित गर्दै नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका दलले संगठन विस्तार, प्रशिक्षण एवं अगुवा कार्यकर्ता भेटघाटलाई तिव्रता दिन थालेका छन् । नेकपा माओवादी केन्द्रले शनिबार ढोरपाटन नगरपालिका ५ मा पार्टीको सम्पर्क कार्यालय उद्घाटन सहित नगर समितिको आयोजनामा विस्तारीत वैठक, प्रशिक्षण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तथा प्रदेश सचिवालय सदस्य ज्ञामनाथ गैरे अनिलले जनताको दुख सुखको पार्टी नेकपा माओवादी केन्द्र मात्र रहेको बताए ।
नेकपा एमालेसँगको तालमेलले माओवादी पार्टीलाई समेत पछि पारेको बताउँदै देशमा सँघदेखि स्थानीय तहसम्म नेकपा एमाले भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताउँदै एमालेको राजनैतिक कार्यदिशा पतन भइसकेको बताए । उनले ढोरपाटन नगरपालिकामा समेत करौडौँ रकम वेरुजु देखिनु आर्थिक पारदर्सिता नहुनु भ्रष्टाचारको अर्का पराकाष्टा भएको बताउँदै खराब पक्षको आफ्नो पार्टीले निरन्तर विरोध गर्ने बताए ।
कार्यक्रमका प्रदेश प्रतिनिधी तथा ढोरपाटन नगर इन्चार्ज चन्द्र अर्याल, माओवादी केन्द्र जिल्ला सल्लाहकार कुलपती सापकोटा,
वडा समिति सदस्य बलबहादुर सिर्पाली, जिल्ला समिति सदस्य वीर बहादुर घर्ती, अखिल नेपाल महिला संघ क्रान्तिकारी ढोरपाटन नगर अध्यक्ष बेगमती घर्ती, सहिद परिवारको तर्फदेखि सहिद हिक्मत महतका पिता विरबहादुुर महत लगायले मन्तव्य राखेका थिए । कार्यक्रममा पार्टीका कार्यकर्तालाई प्रशिक्षण समेत दिईएको थियो ।
बैठकले संगठन निर्माण तथा पार्टी सदस्यता नविरकण गर्ने, प्रत्येक वडामा टोल समिति गठन गर्ने महत्वपूर्ण संगठनात्मक निर्णय गरेको जनाइएको छ ।
कात्तिक ७ गतेसम्म प्रत्यक टोलमा टोल समितिको गठन र कात्तिक १३ गते प्रत्येक वडामा वडा सम्मेलन गर्ने निर्णय अनुसार अगाडि बढिएको नेता चन्द्र अर्यालले बताए । नेकपा माओवादी केन्द्र ढोरपाटन नगर अध्यक्ष भिम गौतमको अध्यक्षता, नगर सचिव सुमित घर्तीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।