पौडी खेल्दा डुबेर दाजुभाइको मृत्यु

पौडी खेल्दा डुबेर दाजुभाइको मृत्यु

  • भाद्र ४, २०७८ शुक्रवार
  • १९:००:२७ बजे
  • 3.4K
    SHARES
  • पौडी खेल्दा डुबेर दाजुभाइको मृत्यु

    सुर्खेत : रुकुम पश्चिममा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । मुसीकोट नगरपालिका–७, स्थित ठूली दहमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा मुसीकोट नगरपालिका–१, सल्लेका २१ वर्षीय भीमबहादुर थापा र उनको १७ वर्षीय भाइ प्रेमबहादुर थापा रहेका छन् ।

     


    साथीहरुसँग घुम्न गएका उनीहरुको पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो साढे २ बजे मृत्यु भएको रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।

    नेपाल प्रहरी, शसत्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा शुक्रबार बेलुका मात्रै उनीहरुको शव निकालिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।

    सम्बन्धित समाचार