बिहे भोजमा मासु नदिएको भन्दै झडप, १ को मृत्यु अन्य घाइते

बिहे भोजमा मासु नदिएको भन्दै झडप, १ को मृत्यु अन्य घाइते

  • भाद्र ८, २०७८ मंगलवार
  • ०७:३१:०१ बजे
  • 9.7K
    SHARES
  • बिहे भोजमा मासु नदिएको भन्दै झडप, १ को मृत्यु अन्य घाइते

    कसैको विवाहमा जाँदा खाना मन परेन् भने तपाईं के गर्नुहुन्छ रु खाना कम खानुहुन्छ वा अर्को खाना मगाउनुहुन्छ, हुनसक्छ तपाईं खाना नै नखाएर फर्किन पनि सक्नुहुन्छ ।

    तर भारतको बिहार राज्यमा अचम्मको घटना भएको छ । कुखुराको मासुसँग लिट्टी नदिएको आरोपमा बिहारको गोपालगञ्ज जिल्लाको उचाकागाउँ थाना क्षेत्रको नरकटियामा लडाँई भएको छ । उक्त लडाँईमा एक जनाको मृत्यु पनि भयो । घटनाको सम्बधमा प्राप्त जानकारी अनुसार राजेन्द्र सिंहको छिमेकमा जन्ती आएको थियो ।

    जन्तीमा कुखुराको मासुसँग लिट्टी नदिएको भन्दै विवाद सुरु भयो । त्यहाँ विवाद एकदम उग्र भएको थियो । घटनामा राजेन्द्र सिंहलगायत चार जनालाई क’टट्टा प्र’योग ग’रियो । चारैजनालाई उपचारको लागि गोपालगञ्ज सदर अस्पतालको आपतकालीन कक्षमा भर्ना गरिएको थियो ।

    त्यहाँका डाक्टरहरूले राजेन्द्र सिंहलाई मृ त घोषित गर्दिए । तीन जना गम्भीर घाइतेहरुलाई अर्को अस्पताल पठाइयो जानकारी अनुसार तीन जना राहुल कुमार सिंह, रिशु कुमार सिंह र रोहित कुमार सिंह गम्भीर घाइते भएका छन् । शुरुमा उनीहरुलाई उपचारका लागि गोपालगञ्ज सदर

    अस्पतालको आपतकालीन कक्षमा भर्ना गरियोे । त्यहाँ चिकित्सकहरूले प्राथमिक उपचारपछि थप उपचारका लागि गोरखपुर रिफर गरेका छन् । त्यसपछि परिवारका सदस्यहरूले तीन जना घाइतेलाई गोपालगञ्ज अस्पतालबाट उपचारका लागि गोरखपुर पुर्याएका हुन् । एजेन्सी


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार